शिशुको उपचारका लागि सहयोग जुट्दै

शिशुको उपचारका लागि सहयोग जुट्दै

प्यूठान : प्यूठान नगरपालिका–८ खप्रेङखोलाका नौ महिने शिशु प्रकाश विश्वकर्माको शरीरभरी उठेका घाउको उपचारका लागि सहयोग संकलनहुन थालेको छ । गत बैशाखमा सामान्य घाउ देखिएका बालकको अहिले पूरै शरीर घाउले ढाकिएको छ । 

प्यूठान र बुटवलका अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई कान्ति बाल अस्पताल काठमाण्डौं पुर्‍याइएको छ । आर्थिक अभावका कारण परिवारले समयमै उपचार गर्न सकेको थिएन । यस सम्बन्धी समाचारअन्नपूर्ण पोष्ट अनलाइनमा प्रकाशित भएपछि सहयोग जुट्न थालेको हो ।

समाचार प्रकाशित भएपछि देश, विदेशमा रहेर विभिन्न पेशा, व्यवसायमा आवद्ध नेपालीहरुले सहयोग प्रदान गरेका छन् । शनिबारसम्म झण्डै ६५ हजार रुपैयाँ संकलन भइसकेको छ । 

कतारमा रहेका प्यूठान नगरपालिका–७ का पारस नेपालीले दश हजार सहयोग गरेका छन ।  त्यसैगरी नेपाल चेम्बर अफ कमर्श सुर्खेत शाखा कोषाध्यक्ष हिमा उपाध्याय, प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती, खलंगाका सुनचाँदी व्यवसायी भिम बहादुर सुनार र बुटवल पावर कम्पनी कर्मचारी यूनियन झिमरुक जलविद्युत्त केन्द्र दारीमचौरले बालकको उपचारका लागि पाँच÷पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । 

नगरपालिका उप मेयर शान्ता आचार्य सहित नौ वटा वडाका वडा अध्यक्षले एक÷एक हजार रुपैयाँ सहयोग गरेका छन् । प्यूठान नगरपालिकाको कार्यालयले पच्चीस हजार रुपैयाँ सहयोग गरेको नगरप्रमुख अर्जुन कुमार कक्षपतीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.