नेविसंघ र तरुण दलले सडकको फोहोर उठाएर नगर कार्यालयमा थुपारे

नेविसंघ र तरुण दलले सडकको फोहोर उठाएर नगर कार्यालयमा थुपारे

लहान : प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) र तरुण दलका कार्यकर्ताले लहान नगरपालिका राजमार्ग क्षेत्रको फोहोर उठाएर नगरपालिकाको कार्यालय परिसरमा थुपारेका छन्। नगरपालिकाले सरसफाई नगरेको विरोधमा नेविसंघ र तरूण दलले यसो गरेका हुन् । 

शनिबार बिहान राजमार्ग क्षेत्रबाट संकलन गरिएको दुई ट्र्याक्टर फोहोर नगरपालिकाको मुख्यद्वार र परिसरमा थुपारिएको  छ। नगरपालिकाले सरसफाई कर लिने तर फोहोर नउठाउने गरेको विरोधमा फोहोर उठाएर नगरपालिकामा फालेको नेविसंघका केन्द्रीय सदस्य अशोक चौधरीले बताए । उनले सडक खाली गराउने बहानामा १८ दिनदेखि फोहोर नउठाएर मेयरले नगरबासीको स्वास्थ्यसँग खेलवाड गरेको आरोप लगाए । चौधरीले अबपनि फोहोर नउठाए नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिए। 

राजमार्ग क्षेत्र खाली गराउने बिषयमा सडक विभागसँग भएको आन्तरिक विवादका कारण लहानका मेयर मुनी साहले फोहोर नउठाउन कर्मचारीलाई निर्देशन दिएका थिए। १८ दिनसम्म फोहोर नउठेपछि जताततै फोहोर थुप्रिएर राजमार्ग क्षेत्र कुरुप बनेको छ।  नेविसंघ र तरुण दलले विरोधस्वरूप केहि भागको फोहोर मात्र उठाएर नगरपालिकामा लगेका हुन्। फोहोरले लहान दुर्गन्धित बनेर महामारी फैलिने खतरा बढेको छ । 

मेयर साह भने सात दिनका लागि भ्रमणमा गएका छन्। मेयरले फोहोर नउठाउन आदेश दिएका कारण सरसफाई गर्ने कर्मचारीहरू त्यत्तिकै बसिरहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.