पेट्रोलमा कालोबजारी

पेट्रोलमा कालोबजारी

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलाका अमरबहादुर टेर, १३५ देखि १५० रुपैयाँ प्रतिलिटरका दरले मोटरसाइकलमा पेट्रोल हाल्दै आएका छन् । आयल निगमको दर १०५ रुपैयाँ लिटर रहे पनि बैतडीमा पेट्रालको कालोबजारी भइरहेको हो ।

दुई वर्षदेखि जिल्लामा पेट्रोलमा कालोबजारी भइरहेको उनले बताए । उनले भने, ‘जिल्लाको सतबाँझदेखि गोठलापानीसम्म १७ वटा पसलमा पेट्रोल पाइन्छ । हामीले प्रतिलिटर १३५ रुपैयाँका दरले तिर्ने गरेका छौं । प्लास्टिकका बोतल पनि खुम्चिएका हुन्छन् । त्यसमा १ लिटर पेट्रोल पनि हुँदैन ।’

बैतडी र दार्चुलाका लागि सडक छुट्टिने क्षेत्र सतबाँझमा एक मात्र पेट्रोलपम्प भण्डारी आयल स्टोरमा पेट्रोल नहुँदा उपभोक्ता चर्को मूल्यमा पेट्रोल किन्न बाध्य भएका छन् । मदिरा पसलदेखि खुद्रा पसलसम्म चर्को मूल्य तिरेर पेट्रोल किन्न पाइने दशरथचन्द नगरपालिका–१ का विक्रम भाटले बताए । उनले भने, ‘मोटरसाइकल चलाउनै प¥यो । पसलेले भनेजति पैसा तिरेर पेट्रोल किन्नुपर्छ ।’

सतबाँझस्थित पेट्रोलपम्पमा तापक्रमलगायत अन्य कारणले पेट्रोल ल्याउन नसकेको आयलस्टोरका सञ्चालक लालबहादुर भण्डारीले बताए । उनले भने, ‘पेट्रोल किन्दा हामीलाई घाटा छ । केही उडेर सकिन्छ, केही तापक्रमका कारण घट्छ । अबको एक÷दुई हप्तामा आयल स्टोरमा पेट्रोल पु¥याउने तयारी गरेको छु ।’ तराईमा गर्मी भएकाले पेट्रोलको आयतन बढेका बेला किन्नुपर्ने र पहाडमा तापक्रम कम भएकाले घाटा मात्रै लाग्ने गरेकाले गर्मी मौसममा पेट्रोल बिक्री गर्न नसकिएको भण्डारीले बताए ।

जिल्लाको सबैजसो बजारमा खुद्रा पसलदेखि मदिरा पसलसम्म चर्को मूल्यमा पेट्रोल बिक्री हुने गरेको उपभोक्ताको गुनासो छ । पेट्रोलपम्पमा पेट्रोल नपाइने हुँदा चर्को मूल्यमा पेट्रोल किन्नुपरिरहेको पाटनका राजेन्द्र विष्टले बताए । उनले भने, ‘कुनै बेला त एक लिटरको १५० सम्म तिनुपर्ने हुन्छ । सरकारी दररेटअनुसार १०५ रुपैयाँ प्रतिलिटरका दरले पेट्रोल पाइन्छ । पहाडी जिल्ला भएकाले केही महँगो हुनु स्वाभाविकै भए पनि ४५ रुपैयाँ लिटर बढी हुनु भनेको कालोबजारी हो ।’

पेट्रोलमा भइरहेको कालोबजारीबारे आफूले सरोकारवालासँग छलफल गरेर टुंगोमा पुग्ने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकाश गैरले बताए । उनले भने, ‘म जिल्लामा आएको दुई÷तीन दिन मात्रै भएको छ । पेट्रोलको चर्को मूल्यबारे जानकारी आएको छ । आयल स्टोर, उद्योग वाणिज्य संघलगायत निकायसँग छलफल गरेर कालोबजारी हटाउँछु ।’

पेट्रोलमा भइरहेको कालोबजारीको अन्त्य गर्दै आइतबार युवाले मोटरसाइकल ¥याली निकाल्ने तयारी गरेका छन् । सतबाँझबाट मोटरसाइकल ¥याली निकालेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइने नयाँ जीवन समाज नेपालका संयोजक अमरबहादुर टेरले बताए ।

उनले भने, ‘हामीले पेट्रोलमा भइरहेको कालोबजारीको विरोधमा मोटरसाइकल ¥याली आयोजना गर्ने तयारी गरेका छौं । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर यो विषयमा ध्यानाकर्षण गराउँछौं ।’ युवाले सात दिन लगाएर पेट्रोलको कालोबजारीबारे सूचना संकलन गरेको बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.