पानी पर्खदा ढिलो रोपाइँ

पानी पर्खदा ढिलो रोपाइँ

प्यूठान : स्वर्गद्धारी नगरपालिका–३ भिंगृ प्यूठानकी छमा रोकायको तीन रोपनी खेत छ । घर नजिकैको बलाङफाँटको खेत माडीखोला नजिकै पर्छ । करिव एकसय मिटर दुरी नजिकै माडीखोला बगिरहेको छ । तर, सिंचाई सुविधा नहुँदा उनले समयमा कहिल्यै खेत रोप्न पाउँदैनन् । ‘आकाशको पानी पर्खिदै महिनौ वित्छ’,उनले भनिन्,–‘यसपाली समयमा पानी परेन् । दुई महिना ढिलागरी रोपाइँ हुँदैछ ।’

भिंगृका झण्डै डेढसय बढी किसानहरुको पीडा यस्तै छ । दुइ÷तीन बाली खेती गर्ने मन भएपनि सिंचाइको सुविधा नहुँदा जसोतसो एकवाली गर्न किसानहरु बाध्य छन् । रोपाइँका लागि राखिएको ब्याड सुक्न थालिसकेको छ । आकाशबाट पानी परेपछि मात्र धनवाङखोलामा मुल फुट्ने स्थानीय ३२ वर्षिय मिना रोकायले गुनासो गरिन् ।

‘पानी प¥यो भने जसोतसो एक दिनमा दुइ÷चार गरा खेत भिज्छन्’,उनले भनिन्,–‘रातभरी जाग्राम बसेर खेतमा पानी चार्नुपर्छ ।’ दशमुरी अन्न उव्जनी हुने खेत पानीकै अभावले बाँझै राख्नुपर्ने बाध्यता उनले सुनाइन । ‘मेयरको खेतपनि यही छ’,उनी भन्छिन्,‘नगरपालिकाले चाहेमा माडीखोलाको पानी ल्याउन सक्छ । तर, यसप्रति जिम्मेवार बनेको पाइएन ।’

खेत नजिकै बगिरहेको माडीखोलाको पानी तानेर ल्याउन किसानहरुले माग गरेका छन् । वर्षौदेखि माडीको पानी तानेर ल्याउन माग गरिरहेपनि आफूहरुको मागप्रति सम्वन्धित निकाय गैरजिम्मेवार बनेको किसानको आरोप छ । माडीखोलाले कुनैपनि क्षेत्रमा फाँट बनाएको छैन् । खोलादेखि माथिल्लो भेगमा फाँट छन् । खोलाको नजिक रहेका धेरैजसो किसानहरु पीडित बनेका छन् ।

सिंचाइको सुविधा नहुँदा सयौँ हेक्टर क्षेत्रफल खेत किसानले बाँझै राख्न बाध्य भएका छन् । रोकायटोल, सोँड, उपल्लोटोल, ददेरी, बाहुनटोल, चिरावारी लगाएत क्षेत्रका किसानहरुले सिंचाई नहुँदा समयमा रोपाइँ गर्न पाउदैनन् । पर्याप्त पानीको सुविधा भएमा किसानहरुले व्यवसायिक तरकारीखेती गर्ने सेमत सोँच बनाएका छन् । एउटै वालीका लागि खोलाको पानी ल्याउन महंगो परेपनि व्यवसायिक कृषि उत्पादन गरेर आम्दानीसँग जोडिने किसानहरुको चाहाना छ । सडक सञ्जालको सहज पहुँच भएकाले उत्पादन भएका सामग्री बजारसम्म पु¥याउन समस्या नभएकाले पानीको सुविधा मिलाइदिन किसानहरुले जनप्रतिनिधीसँग आग्रह गरे ।

जिल्लाका अन्यत्र क्षेत्रका किसानहरुले धानमा लागेको झार गोड्न थालिसकेका छन् । झिमरुक फाँटमा रोपेको धानले प्यूठान उपत्यका हरियाली बनिसक्यो । भिंगृ क्षेत्रका किसानहरुले अझै आधाखेत पनि रोपेर सकेका छैनन् । समयमा खेतीगर्न नपाउँदा अन्न उव्जनीमा कमी हुने किसानहरुले गुनासो गरे । घरको आयस्रोत कमजोर हुनेहरुलाई एकवाली लगाउँदा धेरै समस्या पर्ने गरेको छ ।

माडीखोलाको पानी ल्याउने विषयमा आफूहरु लागिरहेको स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोकायले बताए । जिल्लामा संचालित लुंग्रिमाडी करीडोर सिंचाई आयोजनासँग सम्वन्य गरेर केही वर्षभित्रमै सिंचाइको सहज पहुँच पु¥याउनेमा उनले विश्वस्त दिलाए । वर्षौदेखि अँधुरै रहेको लुंग्रिमाडी सिंचाइ आयोजनाले किसानहरुलाई आश्वासन मात्र दिएको समेत उनले सुनाए । ‘धेरै किसानहरुको खेत बाँझै छ । समयमा रोपाइँ हुनै सक्दैन’,उनले भने,‘स्थानीय सरकारले पहल गर्छ ।’ पञ्चायतदेखि यस क्षेत्रका किसानहरुको एउटै माग सिंचाइ बनिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.