गीत गजल संचालकमाथि आक्रमण

गीत गजल संचालकमाथि आक्रमण

विराटनगर : विराटनगर- ९ स्थित ए-वान गीत गजलका संचालक ३१ वर्षीय चन्दन साहमाथि शनिबार राति साढे ९ बजे आक्रमण भएको छ। गीत गजलमै आएर विराटनगर- ६ रामपुर बस्ने विशाल माझीले आक्रमण गरेको प्रहरीले जनाएको छ। पुरानो रिसिईवीलाई लिएर आक्रमण भएको प्रहरीको भनाइ छ। 

गीत गजलमै रहेका बेला आफूमाथि वियरको बोतलले प्रहार गरेको साहले बताए। उनको अनुहार, हाट र खुट्टामा चोट लागेको छ।  साहको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार गरिएको छ।

आक्रमणमा संलग्न माझीलाई वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी लक्ष्मीराज अधिकारीको नेत्रृत्वमा गएको टोलीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाइएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.