राजधानीमा चितुवाको डर

राजधानीमा चितुवाको डर

काठमाडौं : उपत्यकामा पाँच वर्षयता मात्र २९ वटा चितुवा मानव बस्तीमा प्रवेश गरेर आक्रमण गरेको छ। उपत्यका आसपासका वनक्षेत्र अतिक्रमण बढेको र जंगल नजिकसम्म बस्ती विस्तार भएकाले बस्तीमा चितुवा छिरेर मानिसमाथि आक्रमण गर्ने गरेको हो।

उपत्यकाका जिल्ला वन कार्यालयको समन्वयमा आइतबार फ्रेन्ड अफ नेचर संस्थाले गरेको अध्ययन सार्वजनिक कार्यक्रममा सन् २०१३ भित्रमा २९ वटा घटना भएको जानकारी दिइयो। यीमध्ये ११ वटा मारिएको थियो भने सातवटा भागेको, पाँचवटा जंगलमा छाडेको र ६ वटा चिडियाखानामा उद्धार गरिएको थियो। बढ्दो सहरीकरणले गर्दा वनक्षेत्रनजिक बस्ती विस्तार हुने क्रम बढेको र जनचेतना अभावले चितुवालाई जिस्क्याउने गर्दा आक्रमण बढेको अनुसन्धानकर्ता यादव घिमिरेले बताए। काठमाडौं, ललितपुर र भत्तपुरमा मात्र २९ वटा चितुवा सहर छिरेर मानिसलाई घाइते बनाएको र मानिसले मार्ने गरेका घटना प्रशस्त छन्।

पानीको खोजी, बच्चासँग खेल्दै, रातभर हिँड्दाहिँड्दै उज्यालो हँुदा सहर पार गर्न नसक्नु र मानिसको चहलपहल बढेपछि चितुवा सहरमै अलमलिने गरेको जिल्ला वन कार्यालय काठमाडौंका सहायक वन अधिकृत उज्ज्वल थापाले बताए। सहर पसेकालाई उद्धार गरेर जंगलमै छाड्न सकिने भए पनि जनचेतना अभावले मानिसले चितुवामाथि आक्रमण गर्नाले घटना हुने उनको भनाइ छ।

जनचेतनाको अभावमा मानिस र चितुवाबीच द्वन्द्व बढ्दै गएको पाइएको छ।

सहर आएका २९ मध्ये जंगलबाट तीन किलोमिटरभन्दा टाढा पुगेका ५ र २० वटा जंगल नजिकैबाट सहर प्रवेश गरेको पाइएको छ। यीमध्ये अधिकांश चितुवा दिउँसो प्रवेश गरेको पाइएको छ। यसका लागि चितुवाको क्षेत्र पत्ता लगाएर त्यस क्षेत्रमा संरक्षण र जनचेतनाका कार्यक्रम लागू गरेर द्वन्द्व कम गर्नुपर्ने अनुसन्धानकर्ता घिमिरेले बताए। वन्यजन्तु सामाजिक सम्पत्ति भएकाले पर्यावरणसँग जोडिनाले संरक्षण गर्नु जरुरी छ। चितुवा आए के गर्ने भन्नेभन्दा पनि ढुंगाले हान्ने गर्दा आत्तिएर चितुवाले आक्रमण गर्ने गरेको अध्ययनले देखाएको छ। काठमाडौंको नारायणगोपाल चोकसम्म चितुवा आउने गरेको पाइएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.