नयाँ शक्तिका जिल्ला संयोजक मृत भेटिए
जुम्ला : नयाँ शक्ति पार्टीका जिल्ला संयोजक राधाकृष्ण बुढाथापा मृत अवस्थामा भेटिएका छन्। चन्दननाथ नगरपालिका २ निवासी ४३ वर्षिय बुढाथापा सदरमुकाम नजिक वडा नम्बर ५ जुगाडखोलामा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
प्रहरिले घटनामा संलग्न भएकव शंमा दुई जनालाई पक्राउ गरेको छ। चन्दननाथ नगरपलिका ६ का खड्कजित रोकाया र एंगल लामालाई प्रहरीले नियन्त्रणमा लिएको ह्यो।
मृतक बुढथापाको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको इर्मेजेन्सी वार्डमा राखिएको छ। प्रहरीको मुचुल्का पछि शव पोस्टमार्टम गर्ने बताएको छ। घटनाबारे विस्तुत जानकारी नआएको प्रहरीले जनाएको छ।
घटनाको तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गर्दै मृतकका आफन्तजनहरूले माग गरेका छन्।