विदेशीको शंकास्पद सम्पत्तिमाथि छानबिन

विदेशीको शंकास्पद सम्पत्तिमाथि छानबिन

काठमाडौं : नेपाली बैंकमा एकजना फ्रान्सेली नागरिकको अस्वभाविक रकम देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ। ती सम्पत्ति शंकास्पद देखिएपछि अघिल्लो साता फ्रान्सेली नागरिक रेगिस बर्नाल्ड एन्टोनीलाई विभागले पक्राउ गरेको थियो।

एन्टोनीको हिमालयन बैंकमा मुद्धति खातामा जम्मा भएको रकम शंकास्पद देखिएको सूचना दिँदै विभागले उनको यात्रमा रोक लगाउन अध्यागमन विभागलाई पत्राचार गरेको थियो। अध्यागमन विभागले गत बुधबार एन्टोनीलाई पक्राउ गरी हिरासतमा राखेको छ। एन्टोनीले उक्त रकम किन नेपाल भित्राए भन्ने केही खुलेको छैन। पटकपटक नेपाल आउँदा रकम ल्याएर उनले जम्मा गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रारम्भिक बयानमा उनले आफू रसुवाको स्याफ्रुबेसीमा सामाजिक सेवाको काम गर्दै आएको बताएका छन्। पैसा कुन शीर्षकमा कहाँ खर्च गर्न ल्याएका हुन् भन्ने विषयमा केही खुलेको छैन। उनी पर्यटक भीसामा नेपाल बस्दै आएका थिए।

हिमालयन बैंंकको खातामा उनको कति रकम छ भन्ने नखुलाए पनि बैंकमा राखेको रकमको उनले भन्सार कार्यालयबाट डिक्लियरेसन नगराएको स्रोतले बताएको छ। अध्यागमन विभागमा महानिर्देशक ईश्वरराज पौडेलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा एन्टोनीलाई पक्राउ गरिएको बताए। महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘एन्टोनीमाथि अनुसन्धान गर्न हामीले सम्पत्ति शुद्धिकरण विभागमा पत्राचार गरेका छांै।’

एन्टोनीले १७ डी १४२५१५ नम्बरको फ्रान्सेली राहदानीमा बाह्रभन्दा बढी पटक नेपाल ओहोरदोहोर गरेको देखिन्छ। उनी लामो समयदेखि किन नेपालमा बस्दै आएका थिए भन्ने खुलेको छैन। उनले आफूलाई मन पर्ने मुलुक भएकोले नेपालमा बस्दै आएको बताउने गरेका छन्। पर्यटक भीसामा रहेका व्यक्तिले बैंकमा ठूलो परिणामको रकम जम्मा गर्नु शंकास्पद देखिएको छ।

सन् १९१४ देखि उनी निरन्तर रुपमा नेपाल आउजाउ गर्थे। पर्यटक भीसामा नेपाल बसेका उनको भीसा सकिएपछि नियमित गर्न अध्यागमन विभाग पुगेका बेला कर्मचारीले सम्पत्ति शुद्धीकरण विभाग जान सुझाव दिएका थिए। तर उनी सुझाव विपरित फ्रान्स जान लाग्दा विमानस्थलबाट पक्राउ परेका हुन्।

अध्यामगनले सम्पत्ति शुद्धीकरण विभागलाई एन्टोनीको पर्यटक भीसा समेत सकिन लागेको जानकारी गराएको छ। विमानस्थल अध्यागमनमा समेत उनको यात्रमा रोक लगाउनुपर्ने व्योहोराको पत्र पुगेपछि अध्यागमन कार्यालयले रोकेको हो। अध्यागमन विभागले पछिल्लो समयमा नेपालमा बसेका विदेशीको क्रियाकलापमाथि सुष्म ढंगले अनुसन्धान गर्दै आएको छ।

अध्यागमन विभागले नेपालमा बसेका विदेशीका क्रियाकलापमाथि सुष्म ढंगले अनुसन्धान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.