'मेडिकल प्रकरणका दोषीलाई कारवाही हुन्छ’

'मेडिकल प्रकरणका दोषीलाई कारवाही हुन्छ’

भैरहवा : भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालमा भएको घटनाको छानबिन हुने भएको छ । कलेजको बीडीएस चौथो वर्षमा अध्यनरत जनकपुरका २२ वर्षीय महादेव शाहको उपचारको क्रममा मृत्यु भएपछि कलेजका विद्यार्थीहरूले अस्पतालको अतिसंवेदनशील इकाइ आईसीयू, सीसीयूलगायत अन्य क्षेत्रमा तोडफोड गरेका थिए ।

घटनाको समाचार संकलनका लागि अस्पताल पुगेका पत्रकारहरूलाई विद्यार्थीहरूले एक्कासि आक्रमण गर्नुका साथै क्यामरा तोडफोड समेत गरेका थिए । उनीहरूले एपीवान टेलिभजन र इमेज टीभीको क्यामरा तोडफोड गरेका थिए । अन्नपूर्णकर्मीले खिचेको तस्बिरसमेत विद्यार्थीहरूले डिलिट गरेका थिए । पत्रकारमाथि आक्रमण र तोडफोडको विषयलाई गम्भीर रूपमा छानबिन समिति गठन गरी दोषीलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ, नेपाल प्रेस यूनियन, लुम्बिनी प्रेस क्लबले जिल्ला प्रशसान कार्यालयमा ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकरी उदयबहादुर रानाले घटनाको छानबिन गरी दोषीलाई कारवाही गरिने बताए । ‘समाचार संकलनका लागि अस्पतालमा गएका पत्रकारहरू माथि आक्रमण र क्यामरा तोडफोड गर्नु घटना निन्दनीय हो, उनले भने –‘यस्तो कार्य गर्ने दोषी विद्यार्थीलाई छानबिन गरी कारवाही गर्छौँ ।

रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले पत्रकारमाथि आक्रमण र क्यामरा तोडफोड गर्नु विषयमा आफुहरूले गम्भिर रुपमा लिएको बताउँदै घटनाको छानबिन गरी दोषीलाई कारवाही गरी छाड्ने बताए ।

प्रशसानले घटनाको सत्यतथ्य छानबिनको लागि जिल्ला प्रशसान कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत विष्णुप्रसाद ज्ञवालीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिती गठन गरेको छ । जसको सदस्यमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश जोशी र मेडिकल कलेजको जनसम्पर्क अधिकृत सुशिल गुरुङ रहेका छन् ।

समितीलाई घटनाको छानबिन गरी एक हप्ता भित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको र प्रतिवेदनको आधारमा आवश्यक कारवाही अगाडी बढाइने प्रमुख जिल्ला अधिकारी रानाले बताए ।

यता अस्पताल प्रशसानले घटनाको छानबिनको लागि डा. मनोहर जोशीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिती गठन गरेको छ । मृतक परिवारले शव बुझेको अस्पतालले जनाएको छ । मृतक परिवारको तर्फबाट क्षतिपूर्ति माग भएपनि घटनाको छानबिन नहुदाँसम्म केही गर्न नसकिने अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.