संसदको सर्वोच्चता स्थापित गर्छौ : अध्यक्ष प्रचण्ड

संसदको सर्वोच्चता स्थापित गर्छौ : अध्यक्ष प्रचण्ड

सिमरा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदको सर्वोच्चका लागि संसदीय सुनुवाइ समितिको भूमिका  महत्वपूर्ण हुने बताएका छन्।

प्रधानन्यायाधीश सिफारिस र नियुक्तिका विषयमा भइरहेको राजनीति बहसलाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले संसदको सर्वोच्चता स्थापित गर्न लागिरहेकाले संसदीय सुनुवाइ समितिले गर्ने निर्णयलाई नै अहिले महत्वमा राखिएको बताए। 

वीरगंज जाने क्रममा मंगलबार सिमरा बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने 'संवैधानिक परिषद र संसदीय सुनुवाइ समितिको विषयलाई लिएर विभिन्न विचार बाहिर आइरहेका छन्, तर पहिलो पटक संसदको सर्वोच्चताका लागि हामीले सुनुवाइ समितिलाई महत्व दिएका छौ।'

संवैधानिक परिषदले प्रधानन्याधीशका लागि सिफारिस गरेका दिपकराज जोशीको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेको घटनालाई बहसको विषय बनाउन नहुने प्रचण्डको भनाइ छ । संसदीय सुनुवाइ समितिले छानविन गरी निर्णय गर्ने अधिकार स्थापित गरिएकाले सुनुवाइ समितिले आफ्नै ढंगले काम गर्ने प्रचण्डले बताए। 

अध्यक्ष प्रचण्डले संवैधानिक परिषदको बुधबार बस्ने बैठकले प्रधानन्यायधीशका लागि अर्को नाम सिफारिस गर्ने र प्रधानन्याधीशको पद धेरै समय अब रिक्त नहुने समेत बताएका छन्। 
भने 'प्रधानमन्त्रीज्यूले संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ, सम्भवत भोली अर्को नाम सिफारिस हुनेछ।'
 
प्रधानन्याधीशका लागि चर्चामा रहेका ओमप्रकाश मिश्रको विषयमा सञ्चारमाध्यममा आइरहेका कुराप्रति आफूले केही नबोल्ने भन्दै अध्यक्ष प्रचण्डले त्यस्ता उजुरी आएमा छानविन गरेर निर्णय गर्ने काम पनि संसदीय सुनुवाइ समितिकै रहेको बताए। प्रधानन्यायाधीशसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत अन्य संवैधानिक रुपमा रिक्त रहेका अन्य पदको पदपूर्ति र नयाँ संविधानले व्यवस्था गरेको संवैधानिक आयोग गठनका विषयमा प्रधानमन्त्रीसँग आफूले छलफल गरिरहेको प्रचण्डको भनाइ छ।  

अध्यक्ष प्रचण्डले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्नका लागि प्रधानमन्त्रीले गृहमन्त्रीलाई निर्देशन गरिसकेकाले नागरिकताको समस्या पनि चाँडै समाधान हुने बताए। 'मेरै अगाडी प्रधानमन्त्रीले गृहमन्त्रीलाई जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्न निर्देशन दिइसक्नुभएको छ, प्रक्रियामा होला, चाँडै त्यो समस्या समाधान हुन्छ।'

'नारायणकाजी बिच्कीनु भएको छैन'

अध्यक्ष प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको विषयलाई लिएर देखिएको समस्या पनि सचिवालयको बैठकबाट समाधान गरिने बताए। प्रवक्ता श्रेष्ठले दिएको राजिनामाको विषयमा बुधबार बस्ने सचिवालयको बैठकले छलफल गर्ने भन्दै श्रेष्ठ पार्टी छोडेर कतै नजाने प्रचण्डको भनाई थियो। 'उहाँ पार्टी छोडेर कतै जानु भएको छैन, बिच्किनु भएको पनि छैन' प्रचण्डल भने, 'केही समस्या आएको हो, त्यसलाई हामी समाधान गर्छौ।'

अध्यक्ष प्रचण्डले भदौ ५ गते सम्म पार्टीको सबै संगठन पूर्णरुपमा एकता हुने बताए। साउन २५ गतेसम्म जिल्लाबाट सुझाव संकलन गर्ने र भदौ 5 गते पार्टी संगठन कमिटिबीच एकता हुने उनको भनाई थियो। प्रचण्डले देश र जनताका लागि गरिएको एकता सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.