जन्माउनेवित्तिकै छोरीको हत्या गर्ने आमा पक्राउ

जन्माउनेवित्तिकै छोरीको हत्या गर्ने आमा पक्राउ

बेसीसहर : लमजुङको दुधपोखरी गाउँपालिका भुम्लीचोककी एक महिलाले जन्माउनेवित्तिकै छोरीको हत्या गरेकी छन्। दुधपोखरी-२ भुम्लीचोककी ४५ वर्षीया विष्णुमाया परियारले शिशु जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीकाअनुसार प्रारम्भिक अनुसन्धानका क्रममा  परियारले अभियोग स्वीकार गरेकी छन्। साउन १८ गते शुक्रबार अपरान्ह ४ बजेतिर परियारले आफैंले जन्माएको नवजात शिशुको घाँटी निमोठेर 'हत्या' गरेको प्रारम्भिक बयानमा खुलेको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए। शिशुलाई प्लाष्टिकमा बेरेर शौचालयभित्र झुण्ड्याएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीकाअनुसार प्रारम्भिक अनुसन्धानको क्रममा उनले आफैंले जन्माएको शिशुको घाँटी निमोठेर प्लाष्टिकमा बेरी शौचालयमा झुन्ड्याएको स्वीकारेकी छन्। 

पति जीतबहादुर परियारको जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको छ। सोमबार अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

परियारका १ छोरा र ५ छोरी छन्। स्रोतका अनुसार ती महिलाले 'अवैध' रुपमा शिशुलाई जन्म दिएकी थिइन्। जन्मिनेवित्तिकै लिंग पहिचान भएपछि  उक्त घटना घटेको उनले प्रहरीसमक्ष बयान दिएकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.