हिंसापीडित महिलाका लागि रोल्पामा चिटिक्कको भवन

हिंसापीडित महिलाका लागि रोल्पामा चिटिक्कको भवन

(लिबाङ) रोल्पा : रोल्पामा एक वर्षमा १ सय १७ घरेलु हिंसाका उजुरी आए । जिल्ला प्रहरी कार्यालय परिसरमै रहेको महिला तथा बालबालिका सेवा केन्द्रको साँघुरो कोठामा ती हिंसापीडित महिलाको उजुरीमा छलफल भयो । 

पीडित र पीडक बीच छलफल गराउँदा जहिले स्थान अभाव खड्किन्थ्यो । प्रायः छलफल खुला आँगनमा गर्नुपर्ने बाध्यता थियो । आर्थिक वर्ष २०७४÷०७५ मा सेवा केन्द्रमा आएकामध्ये ८६ उजुरी खुलाचौरमै छलफल गराएर मेलमिलाप गरियो । 

‘जिल्ला प्रहरी कार्यालयको भवनमै रहेको कार्यालयको साँघुरो कोठामा बसेर पीडितलाई सेवा दिइयो’, सेवा केन्द्रकी इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगर भन्छिन्, ‘पीडित महिलालाई सुरक्षित राख्ने ठाउँसमेत थिएन ।’ 

अब, ती अभाव र समस्या विगत भइसकेका छन् । अहिले चिटिक्कको सुविधासम्पन्न सेवा केन्द्रको भवन बनिसकेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमै पीडितमैत्री भवन ठडिएको छ । 

गेस्ट हाउसमा हुने सुविधाको झल्को दिने भवनको बिहिबार उद्घाटन भएको छ । प्रहरी नायव महानिरीक्षक धिरु बस्न्यातले रिबन काटेर भवन उद्घाटन गरेका हुन् । 

भवन उद्घाटनका लागि बस्न्यात सहितको टोली काठमाडौंबाट यहाँ आएको हो । ‘महिला र बालबालिका माथि हुने हिंसाविरुद्ध सबै सचेत हुनसक्नुपछ’, प्रमुख अतिथिसमेत रहेका प्रनामनि बस्न्यातले भने, ‘चेतनाको कमीले समाजमा अहिलेपनि महिलामाथि हिंसा छ ।’ भवनले अ पीडितलाई न्याय नपाउँदासम्म सुरक्षित बस्न सहज हुने पनि वताए ।

सेवा केन्द्र भवन उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक धिरु बस्न्यात । तस्बिर: खेमबहादुर बुढा

भुइँतलामा हिंसापीडितका लागि एट्याचडसहितको खाने र सुत्न सकिने कोठा छन् । 

कार्यालय सञ्चालन कक्ष, परामर्श कक्षसहितको आकर्षक कोठा छन् । १७ कोठे भवनमा सेवा केन्द्रका प्रहरी इन्चार्जसहितको कर्मचारीका एट्याचडसहितका कोठा, तालिम हल, किचन र खाना खाने कोठा छन् । 

नेपाल सरकार तथा एशियाली विकास बैंकको संयुक्त लगानीमा भवन निर्माण गरिएको हो । एक करोड ९५ लाख ५८ हजार ८ सय २६ रुपैयाँ २ पैसाको लागतमा भवन निर्माण भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।  

नयाँ बानेश्व काठमाडौंको खानी निर्माण सेवाले निर्माणको ठेक्का लिएको थियो । प्रहरी प्रधान कार्यालय महिला बालबालिका सेवा निर्देशनालय र निर्माण कम्पनीबीच २०७३ जेठ ३० मा ठेक्का सम्झौता भएको थियो ।

महिला अधिकारकर्मी एवम् सञ्जालकी अध्यक्ष श्रीकुमारी राकाले भवनले घरेलु हिंसा पीडित महिला र बालबालिकालाई सुरक्षित वसेर सेवा लिन सहज हुने बताउँछिन् । रोल्पा नगरपालिकाकी उपमेयर मनकुमारी घर्तीले सेवा केन्द्रको दिगोपनाका लागि नगरपालिकाबाट पनि सहयोग हुने बताइन् । 

भवन उद्घाटनमा डिएफआईडीका सुरक्षा तथा न्याय सल्लाहकार मेट्टे निइलसोनले घरेलु हिंसा महिलालाई हेरिने दोस्रो दर्जाको बुझाईलाई बदल्न आवश्यक रहेको उल्लेख गरिन् । हिंसापीडित महिला र बालबालिकाको सेवाका लागि भवन निर्माण गर्न प्रहरीसँग आफुहरुले सहाकार्य गरेको पनि बताइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.