बलात्कारीलाई पहिले हानियो गोली, अनि क्रेनले झुन्ड्याइयो

बलात्कारीलाई पहिले हानियो गोली, अनि क्रेनले झुन्ड्याइयो

एजेन्सी: नेपालमा बालिका बलात्कारका घटना दिनदिनै बढिरहेका छन् । विशेष गरेर आफ्नो यौन प्यास मेट्ने नाममा बालिकाहरुलाई यौन हिंसाको शिकार बनाउँदै ज्यान लिने क्रम पनि बढ्दो छ। 

तर बलात्कारका घटना बढिरहँदा दोषीमाथि सजायका घटना भने कमै सनिन्छन् । बलात्कारीलाई फाँसी दिनुपर्ने आवाज उठे पनि जेल सजाय पनि छोटो समय हुने गरेको छ। 

नेपालमा बलात्कारका घटना बढिरहँदा यमनबाट बलात्कारीलाई दिइएको कठोर सजायको एउटा समाचार आएको छ । यमनमा एक बालकबमाथि बलात्कारको मामिलामा दोषी ३ जनालाई दिइएको सजायले जोकसैको मुटु हल्लिन्छ । यो सजाय थाहा पाउनेले बलात्कारसहितका अपराध गर्न हजार पटक सोच्न बाध्य हुन्छ । 

यमनमा यी दोषीहरुलाई कयौँ मानिसका अगाडि गोली हानेर झुन्डाइएको छ । बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर भएका यिनीहरुलाई पहिले गोली हानियो अनि एउटा क्रेनले झुन्डाइयो । 

क्रेनबाट झुन्डाएर एउटा सन्देश दिन खोजिएको हो । क्रेनबाट झुन्डाएर यस्तो घिन लाग्दो काम गर्नेलाई कस्तो सजाय हुँदो रहेछ भन्ने देखाउन खोजिएको हो । यो सजाय मानिसलाई अपराध गर्नुअघि डरले घर जमाओस भन्नका लागि दिइएको हो । 

गोली हान्नुअघि उनीहरुलाई एउटा कपडामा बस्न लगाइयो, त्यसपछि उनीहरुलाई गोली हानियो । अनि पराधधीहरुको मनमा भय पैदा गर्नका लागि उनीहरुलाई दिउँसै कयौँ मानिसका सामू झुन्डाइएको हो । 

अपराधमाथ लगाम कस्नका लागि यस्तो कोशिश विवादित त छ तर कयौँ मानिसहरु यसलाई पनि न्यायको एउटा रुप मान्छन् । यमनको राजधानी सनाको बीच चौरमा दिइएको यो सजायले विश्वभर फेरि नयाँ बहस सुरु गरेको छ। 

यी तीनैजनामाथि १० वर्षका बालक मोसाद सलेह अल मोथानालाई पहिले बलात्कार अनि हत्या गरेको आरोपमा दोषी ठहर गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.