नेपाल आइडलकाे दोस्रो सिजन सुरु

नेपाल आइडलकाे दोस्रो सिजन सुरु

काठमाडौं : एपीवान एचडीबाट प्रसारण भएको नेपालकै सबैभन्दा ठूलो सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’को दोस्रो सिजनको प्रसारण बिहीबारबाट सुरु भएको छ । 

इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको सिजन टु बिहीबार राति साढे ८ बजेबाट सुरु भएको हो ।

नेपाल आइडल प्रथम संस्करणको सफलतापछि नेपाली दर्शकमाझ् यसको दोश्रो संस्करण नेपाल आइडल टु एपीवान एचडी टेलिभिजनबाट प्रसारणमा आउन लागेको हो । नेपाल आइडल एपीवान एचडीबाट बिहीबार र शुक्रबार राति साढे आठ बजेबाट प्रसारण हुँदैछ । 

यो सिजनमा पनि अघिल्लो सिजनकै निर्णायक न्हयू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहने छन् । प्रस्तोतामातर्फत् रिमा विश्वकर्मासँग नयाँ अनुहार देख्न पाइने भएको छ ।

‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ नाराका साथ सुरु भएको दोस्रो सिजनमा पनि पहिलो सिजनकै न्ह्यु बज्राचार्य, इन्दिरा जोशी, कालीप्रसाद बास्कोटा निर्णायक छन् । प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेल छन् भने निर्देशकद्वयमा एलेन श्रेष्ठ र लोकेश बज्राचार्य छन् ।

भैरहवा, धनगढी, वीरगन्ज, हेटौंडा, धरान, पोखरा र काठमाडौं अडिसनबाट छानिएका प्रतिस्पर्धीले आफ्नो गायन क्षमता प्रस्तुत गर्नेछन् । सिजन नयाँ, अवसर नयाँ, अनुभव नयाँ भन्ने मन्त्रसहित सुरु भएको यो सिजनमा सक्षम, प्रतिभावान् र यसको गरिमा कायम राख्न सक्ने व्यक्ति मात्र उपाधि विजेता बन्नुपर्छ भन्ने उद्देश्य लिइएको छ ।

नेपाल आइडलको छनोट जजहरू र प्राप्त भोटको ५० र ५० प्रतिशत भारबाट हुनेछ । नेपाल आइडल सिजन टुको अन्तिम अडिसन काठमाडौंमा वैशाख १८ र १९ गते भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.