बनेन छाया सरकार

बनेन छाया सरकार

काठमाडौं : सरकारको काम—कारवाही निगरानी गर्न छाया सरकार बनाउने घोषणा गरेको कांग्रेसले ६ महिना वितिसक्दा पनि अझै गठन गर्न सकेको छैन । फागुन दोस्रो साता कांग्रेस संसदीय दलको पहिलो बैठकले नै केन्द्रमा गठन भएको कम्युनिस्ट सरकारका गतिविधिमाथि निगरानी गर्न केन्द्र, प्रदेश र स्थानीय तहमा छाया सरकार बनाउने निर्णय गरेको थियो । दुई तिहाइको दम्भमा सरकारले संविधान र कानुनविपरितका कार्य अगाडि बढाउन सक्ने आंकलन गर्दै कांग्रेसले सरकारमाथि निगरानी गर्न छाया खांचो महसुस गरेको थियो । छाया सरकार गठन गर्न नसके पनि कांग्रेस पछिल्लो एक महिनायता सरकारविरुद्धमा सडकमा उत्रेको छ ।

कांग्रेसले डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधारलगायतका मागमा ऐक्यवद्धता जनाउँदै सडकमा उत्रेको थियो । यस्तै मूल्यवृद्धि, निषेषधाज्ञा घोषणा, उपकुलमाथि गरिएको दुर्वव्यवहारसहितको घटनालाई लिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकार एकपछि अर्को गरि संविधान मिचेर अघि बढिरहेको आरोप लगाएका थिए ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टी भित्र गृहकार्य भइरहेकोले चाँडै छाया सरकार गठन गर्ने बताए । कांग्रेस केन्द्रसहित ६ वटा प्रदेशमा प्रमुख प्रतिपक्षीको भूमिकामा छ । स्थानीय तहका धेरै जसो गाउँपालिका तथा नगरपालिमा कांग्रेस प्रतिपक्षमै छ । कांग्रेस संसदीय दलको पहिलो बैठकले केन्द्रसहित प्रदेशका मन्त्रीहरूको गतिविधि निगरानीका लागि छाया सरकार बनाउने घोषणा गरेको थियो । यस्तै स्थानीय तहमा प्रमुख, उपप्रमुखसहित वडा अध्यक्षका कामको निगरानी गर्ने गरी छाया सरकार बनाउने घोषणा उसको थियो ।

असार पहिलो साता हेटांैडामा सम्पन्न कांग्रेस जिल्ला सभापतिहरूको भेलाले स्थानीय तहमा व्यापक अनियमता देखिएको भन्दै कांग्रेसले भ्रष्टाचारविरुद्ध अभियान चाल्नुपर्ने आवाज उठेको थियो ।

कांग्रेस नेता एवं सासंद गगन थापाका अनुसार सरकारको केन्द्र, प्रदेश तथा स्थानीय तहसम्मको जनप्रतिनिधिहरूको कामको निगरानी गर्न अब विलम्ब गर्नु नहुने बताउँछन् ।

थापा भन्छन, ‘संघीय मन्त्रिपरिषद्का सबै निर्णय सार्वजनिक हुँदैनन् । मन्त्रालय तहमा हुने कामसमेत कति अपारदर्शी छन् भन्ने देखिसकियो । यसलाई हामीले निगरानी गरेर जनता माझ सार्वजनिक गर्नुपर्छ ।’

थापासहितका युवा सांसदले संसदीय दलको बैठकमा छाया सरकारको सुझाव दिएपछि कांग्रेसले सरकार गठनको अवधारणा अघि सारेको हो । थापा भन्छन, ‘सरकारका पछिल्लो कामका विरुद्ध हामी सदनदेखि सडकसम्म विरोधमै छौं । यस्तोमा छाया सरकार गठन भएको भए त्यो थप प्रभावकारी बन्थ्यो ।’ कालीकोटसहित केही जिल्लामा स्थानीय पार्टी समितिले छाया गठन गरी जनप्रतिनिधिका कामको निगरानी गरिरहेका छन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्लो समयमा पार्टी एकपछि अर्को काममा अल्झेकाले छाया सरकार बनाउन ढिलाइ भएको स्वीकार गरे । शर्माले भने, ‘अब यो चाँडै नै गठन हुन्छ ।’

पछिल्लो समयमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टी शीर्ष नेतासँग अनौपचारिक तहमा छलफल सुरु गरेकाले छाया सरकार छिट्टै गठन हुने शर्माले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.