घर–घरका धाराले फेरियो जीवनशैली

घर–घरका धाराले फेरियो जीवनशैली

 विजुली (प्युठान) : ऐरावती गाउँपालिका–६ आँपखोलाकी मीना घर्तीमगरले वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएकी थिइन्। गाउँ नजिकै खानेपानीको मुहान भए पनि घण्टौं बोकेर पानी ल्याउनुपर्ने उनमा बाध्यता थियो। स्कुले बालबालिकासमेत घरमा पानी पुर्‍याएर मात्र विद्यालय जाने गर्थे। तर हिजोआज उनको दैनिकी फेरिएको छ। घरमै पानीको धारा खसेपछि उनको शरीरले आराम पाएको मात्रै पाएको छैन समयको सदुपयोगसमेत भएको छ। पानी बोकेरै समय बिताएका गृहणीहरूको धारा बनेपछि जीवनशैलीमै परिवर्तन आएको छ।

‘कुण्टाको पानी ग्रागीमा बोकेर जसोतसो जोहो गरेका थियौं’, विगतको दुःख सम्झँदै उनले भनिन्, ‘आजभोलि सबैका घरमा धारा बनेका छन्।’ घरमै धारा आएपछि स्थानीय खेती किसानीमा जुट्छन्। तरकारी उत्पादन भएको छ। आँपखोला खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनमा आएपछि गाउँका १० घरधुरीमा पानीको सहज आपूर्ति भएको छ। उक्त आयोजना समितिका सबै महिला सहभागी भएर निर्माण गरेका हुन्।

‘बिहान बेलुका पानीको चिन्ता गर्दै समय बित्थ्यो’, स्थानीय शारदा थापाले भनिन्, ‘घरमा पानी आउला भन्ने सोचेकै थिएनौं। पानी आउँदा धेरै सजिलो भएको छ।’ छोराछोरीहरूले पानी बोक्ने समयमा पढ्ने गरेको उनले अनुभव सुनाइन्।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना (दोस्रो चरण) अन्तर्गत गाउँमा आँपखोला खानेपानी आयोजना निर्माण गरिएको हो। बस्तीदेखि माथी दुई हजार लिटर क्षमताको ट्यांकीमा पानी संकलन गरी सबैका घरमा पानी पुर्‍याइएको जिल्ला समन्वय समिति प्युठानअन्तर्गतको प्राविधिक सहयोग इकाइ वासका इन्जिनियर धु्रव थापाले जानकारी दिए। उनका अनुसार हाल जिल्लाभर कुल चार करोड ३५ लाख रुपैयाँ बराबरको खानेपानी आयोजनाहरू निर्माणधीन अवस्थामा छन्। स्वर्गद्वारी नगरपालिकामा भिंगृ लिफ्ट र गौमुखी गाउँपालिकाको काथलखोला खानेपानी तथा सरसफाइ आयोजनाका लागि एक÷एक करोडभन्दा बढी बजेट छुट्याएर उपभोक्तामार्फत काम भइरहेको छ। चालु आवको फागुनसम्म जिल्लाका सबै योजना पूरा हुने उनले बताए।


पानी बोकेरै समय बिताएका गृहणीहरूको धारा बनेपछि जीवनशैलीमै परिवर्तन आएको छ।

पानीको हाहाकार भएका जिल्लाका विकट बस्तीमा पछिल्लो समय खानेपानी आयोजना सञ्चालन गरेर पानी पुर्‍याइएको छ। मुहानै नभएका स्थानमा इनार निर्माण गरी लिफ्टमार्फत पानी लगिएको छ। पश्चिम नेपालले जिल्लाका बिजुलीसहित भिंगृ, लिबाङको टिमुरचौर, माझकोट, अर्खा, रजवारा, डामृलगायत गाउँमा आयोजना सञ्चालन गरेर खानेपानीको सहज सुविधा पुर्‍याएको जिल्ला वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले जानकारी दिए। खानेपानी आयोजना सञ्चालन भएपछि धेरैजसो दुर्गमबस्तीका हजारौं घरपरिवार लाभान्वित भएका छन्।

करोडौँ रुपैयाँ लगानी गरेर खानेपानी आयोजना सञ्चालन गरेपछि दुर्गमवस्तीका सर्वसाधरणलाई सहजता मिलेको छ। जिल्लाका धेरैजसो स्थानीय तहले समेत घरघरमा पानीका धारा पुर्‍याउने योजना बनाएका छन्। सवैका घरमा धारा बनेपछि पूर्ण सरसफाइका गतिविधि सञ्चालन गर्न सहज पर्ने देखिएको छ। गाउँ तथा नगरपालिकाले चालु आर्थिक वर्षका लागि खानेपानी आयोजना सञ्चालन गर्न करोडौँ बजेट विनियोजन गरेको जनाएका छन्।

‘पालिकाकै सवैभन्दा धेरै बजेट खानेपानीमा विनियोजन भएको छ’,माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकामगरले भने,‘यसवर्ष सवैका घरमा पानीका धारा पुर्‍याउने लक्ष्य छ।’

जिल्लाका धेरैजसो गाउँबस्तीहरू पानीको मुहानदेखि माथी हुँदा खानेपानी पुर्‍याउन कठिनाई भइरहेको थियो। तर, सरोकारवाला निकायले लिफ्टमार्फत आयोजना निर्माण गरेपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको पाइएको छ। विद्युत्तको पहुँच नभएका प्यूठान नगरपालिकाको भुतभुते खानेपानी आयोजना माझकोट र स्वर्गद्धारी नगरपालिकाको भिंगृस्थित ओदार्ने खानेपानी आयोजनामा सोलारबाटै लिफ्ट गरेर घरघरमा पानीका धारा झारिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.