छानामाथि राखिएको ढुंगा खसेर बालिकाको ज्यान गयो

छानामाथि राखिएको ढुंगा खसेर बालिकाको ज्यान गयो

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको चतुरालेमा घर भत्किंदा एक बालिकाको ज्यान गएको छ। बालिकाकी आमा र दिदी घाइते भएका छन्। सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको ककनी गाँउपालिका- ७ चतुरालेमा राति सुतिरहेका बेला घरको छानामाथि राखिएको ढुंगा लागेर बालिकाको ज्यान गएको हो।

शुक्रबार राति स्थानीय बिशाल दर्जीको दुई तले कच्ची घरको छानोको खाँबो भाँचिदा छानामाथि राखिएको ढुंगा लागेर सुतिरहेकी उनकी ६ वर्षीया छोरी सरु दर्जीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। 

घटनामा मृतककी आमा २६ वर्षीया कोपिला र दिदी ८ वर्षीया कोपिला दर्जी घाइते भएका छन्। उनीहरुको काठमाडौमा उपचार भइरहेको कुंवरले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.