ढुंगा खसेर लाग्दा कामदारको मृत्यु
गमगढी : गमगढी धैना धुलाचौर ग्रामिण सडकको निर्माण कार्यमा संलग्न एक कामदारको माथिबाट खसेको ढंगाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोरु गाँउपालिका-११ का ४० वर्षीय भक्तबहादुर मल्ल रहेको प्रहरीको भनाइ छ ।
छाँयानाथ रारा नगरपालिका-३ निगाले गाँउ भन्दा पर काउलापानी भन्ने स्थानमा सडक निमार्णकै क्रममा माथिबाट खसेको ढुंगाले टाउकोमा लागेर मल्लको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मल्लको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याएइको छ ।
प्रतिक्रिया दिनुहोस !