ढुंगा लागेर मृत्यु
रुकुम : चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको सोमबार बिहान ढुंगाले लागेर मृत्यु भएको छ ।
खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले आइतबार टाउकोमा चोट लाग्दा गम्भीर घाइते भएका मल्ललाई उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।रासस
प्रतिक्रिया दिनुहोस !