सिक्टा आयोजनामाथि गहन अनुसन्धान हुने
काठमाडौं : सिक्टा सिँचाई आयोजनाको मूल नहर पटक पटक भत्किएपछि सरकारले गहन अनुसन्धान गर्ने भएको छ। नहरको गुणस्तरमाथि प्रश्न उठेको भन्ने विषयमा सञ्चार माध्यममा आएका समाचारलाई मनन् गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने भएको हो।
आयोजना निर्माणमा हालसम्म भएको काम कारबाहीको विषयमा यसअघि आयोगबाट भइरहेको अनुसन्धान कार्यलाई समेत एकीकृत गरी विस्तृत अनुसन्धान हुनेछ। यसका लागि आयोगका प्राविधिक सहसचिवको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समूह गठन गरिएको प्रवक्ता रामेश्वर दंगालद्धारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।