रोल्पामा विप्लवका दुई र कांग्रेसका एक कार्यकर्ता पक्राउ

रोल्पामा विप्लवका दुई र कांग्रेसका एक कार्यकर्ता पक्राउ

(लिबाङ) रोल्पा : प्रहरीले शुक्रबार पश्चिम रोल्पाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई कार्यकर्ता र कांग्रेसका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेतालाई पक्राउ गरेको विरोधमा पश्चिम घर्तीगाउँमा कोण सभा गर्ने तयारी गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेहरुमा नेकपाका जिल्ला सचिवालय सदस्य एवम् माडी गाउँकमिटी ईन्चार्ज दिनेश वली, नेकपा निकट मजदुर संगठनका जिल्ला अध्यक्ष सूर्य खड्का र नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीलाई इलाका प्रहरी कार्यालय घर्तीगाउँले पक्राउ गरेको हो ।

ईलाका प्रहरी प्रहरी कार्यालय इन्चार्ज ईन्सपेक्टर राजबहादुर पहाडीका अनुसार विरोधस्वरुप कोण सभा नगर्न भन्दा अटेरी गरेकाले पक्राउ गरिएको जनाए । 

विरोध कार्यक्रम गर्न रोक्ने माथिको आदेश पालना गर्दै पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुलाई पक्राउ गरेर इप्रका घर्तीगाउँमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला सुरक्षा समितका एक अधिकारीका अनुसार विरोध प्रदर्शनस्थल बाहिर कोणसभा गर्न खोजेकाले नियन्त्रणमा लिईएको जनाए । नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुवेदीले आफ्ना पार्टीका नेता पक्राउ परेकोमा आक्रोश व्यक्त गरे । 

‘सामाजिक दलाल सत्ताले जनताबीचमा विरोध गर्दैगर्दा डाँका शैलीमा प्रहरीले कब्जा गरेको छ’, सेक्रेटरी सुवेदीले भने, ‘पक्राउ परेकालाई निःशर्त रिहाई नगरे भोलीबाट सशक्त प्रतिरोधमा उत्रन्छौं ।’

शान्तिपूर्णरुपमा विरोधका कार्यक्रम गर्न नदिने सरकारको रवैयाप्रति नेकपाले खेड समेत प्रकट गरेको छ । नेकपाले सशक्त प्रतिरोधबाट उत्पन्न हुने प्रस्थितीको सरकारले महँगो मूल्य चुकाउने चेतावनी समेत दिएको छ । 

विगतमा घर्तीगाउँमा गरिएको विरोध कार्यक्रममाझैँ आजको कार्यक्रममा समेत सहकार्य गर्न खोजेको भन्दै कांगे्रेसका क्षेत्रीय सभापति घर्ती समेत पक्राउ परेका हुन् । माइकसमेत प्रहरीले नियन्त्रणमा ल्याएको छ । छाड्ने या थुन्नेबारे सुरक्षा अधिकारीबीच छलफल भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.