गुठीले उठाउन सकेन १० वर्षदेखिको भाडा

गुठीले उठाउन सकेन १० वर्षदेखिको भाडा

काठमाडौं : गुठी संस्थान ललितपुर अन्तर्गत सञ्चालित ७३ पसलले संस्थानलाई १० वर्ष यताको भाडा बुझाएका छैनन् । ती पसलहरूले कबुल अनुसार भाडा नतिर्दा संस्थान आर्थिक संकटमा छ । पसलहरूबाट लाखाै‌ं रुपैयाँ उठ्न बाँकी रहेकाले संस्थानले आफ्नो नयाँ भवन बनाउने आट गर्न सकेको छैन ।

गुठी संस्थान ललितपुरको कार्यालय लगनखेल मच्छिन्द्रबहालस्थित जीर्ण भवनबाटै सञ्चालित छ । राणाकालीन भवनको पर्खाल भूकम्पले चिराचिरा बनाएको छ । गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले भने, ‘जीर्ण भवनमा खतरा मोलेर बस्न हामी बाध्य छौं ।’

पाटन दरवार स्क्वाायर परिसर, सुन्धारा, मच्छिन्द्रबहाल, हौगल, सौगल, कुपन्डोललगायतका क्षेत्रमा संस्थान अन्तर्गतका पसलहरू सञ्चालनमा छन् । ‘पुल बनाउने क्रममा कुपन्डोलका केही पसलहरू अधिग्रहणमा परे’, पौडेलले भने, ‘त्यहाँको बाहेक अन्य सबै पसल सञ्चालनमा छन् । तर दशकाै‌ंदेखि भाडा नतिरीकन पसल सञ्चालकहरू बसिरहेका छन् ।’

अचम्म के छ भने पाटन दरबार स्क्वायर जस्तो मुख्य बजार क्षेत्रका पसलको भाडा चारसय देखि बढीमा दुई हजार रुपैयाँसम्म मात्रै छ । पसल सञ्चालकले केवल ४ सय, ६ सय, ७, ९ सय रुपैयाँ भाडा तिरेर उपभोग गरिरहेका छन् । पहिलेकै भाडादरमा ती पसलहरू चलिरहे पनि त्यति सस्तो भाडा पनि तिरेका छैनन् ।

ललितपुर महानगरपालिकाका राजश्व महाशाखाका प्रमुख डिल्लीराज शाक्यले दरबार स्क्वायर पर्यटकीय स्थल भएकाले एक स्वायर फीट बराबर एक सय रुपैयाँ भाडा महानगरले तोकेको बताए । सुन्धारामा प्रतिस्क्वायर फीट ७० रुपैयाँ छ । ‘चल्तीको दर भन्दा सयाै‌ं गुणा सस्तो हुँदा पनि भाडा उठाउन नसक्नु लाचारपना हो । यसले राज्यलाई धेरै घाटा लागेको छ’, शाक्यले भने ।

मासिक लाखाै‌ रुपैयाँ घाटा खाइरहेका छन् तर भाडा चारपाँचय रुपैयाँ हुदा पनि तिरेका छन् । 

संस्थान प्रमुख पौडेलले कतिपयले पसलहरू सम्बन्धित व्यक्तिले सञ्चालन नगरी मोटो रकम फाइदा लिएर दोस्रो, तेस्रो पक्षलाई भाडामा दिएको भन्ने सुनेको बताए । उनले भने, ‘हामीसँग नौ सयमा भाडामा लिएका छन् । अरुलाई दश हजार लिएर पसल चलाउन दिएका छन् ।’

यो क्षेत्रमा विचौलियाले एउटा सटर बापत एकदेखि डेढ लाखसम्म लिने गरेका स्थानीयको आरोप छ । करार ऐन २०५६ अन्तर्गत प्रत्येक वर्ष नविकरणका लागि सम्झौता गर्नुपर्छ । तर पसलेलाई नयाँ सम्झौता गर्न आउन पटकपटक आग्रह गर्दा पनि अटेर गरेको संस्थान अधिकारीको भनाइ छ ।

पौडेलले संस्थान टोलीले छिट्टै अनुगमन गरी के कति क्षेत्रफलमा पसलहरू सञ्चालन भइरहेका छन् नापजाँच गरिने बताए । चलन चल्तीको दर अनुसार भाडामा लगाउने विषयमा महानगर, दरबार हेरचाह तथा संरक्षण विभागसँग समन्वय भइरहेको उनले बताए ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.