मनकारी फुटबलर फर्मिनो

मनकारी फुटबलर फर्मिनो

लन्डन : खेल मैदानमा गरेको प्रदर्शनका कारण प्राप्त हुने स्टारडमका कारण अधिकांश फुटबल स्टार सामाजिक घटनाबाट टाढै रहन रुचाउँछन्। तर, सामाजिक जीवनका तीतामीठा घटनाहरूले भने उनीहरूलाई पनि प्रभावित पारेकै हुन्छ। यस्तै एक घटनाबाट भावुक बनेका ब्राजिलियन फुटबलर रोबर्टो फर्मिनोले दुई बिरामी बालकको उपचार खर्च आफूले बेहोर्ने भएका छन्।

फर्मिनो र उनकी श्रीमती लारिसा पेरेइराले वंशाणुगत रूपमै ढाडसम्बन्धी समस्याबाट जुधिरहेका दुई ब्राजिलियन बालकको उपचारका लागि सहयोगस्वरूप ६० हजार पाउन्ड सहयोग गरेका हुन्। फर्मिनो र श्रीमती पेरेइराको सहयोगबाट ती बालकका परिवार पनि निकै खुसी देखिएका छन्। संसारमा विरलै हुने समस्याबाट ग्रसित एकै परिवारका ६ वर्षीय जोएओ डी अमोरिम र ११ महिनाका मिगुइल डी अमोरिमको नियमित गर्नुपर्ने उपचारको खर्च फिर्मिनोले बेहोरेका हुन्।

जोएओ र मिगुइलका अभिभावक एलेक्स जोसे डी अमोरिम र ग्रासिइली स्क्लिमरले आफ्ना दुई नानीको उपचारका लागि आवश्यक रकम सहयोग जुटाउन सामाजिक सञ्जालमार्फत आग्रह गरेका थिए। उनीहरूलाई आफ्ना दुई छोराको उपचारका लागि आठ लाख २७ हजार पाउन्ड जुटाउनु थियो। उनीहरूलाई धेरै मनकारीले आर्थिक सहयोग गरेका थिए। यद्यपि अझै पनि ५९ हजार पाँच सय रकम अपुग थियो।

फर्मिनो र उनकी श्रीमती पेरेइराले उठ्न बाँकी रहेको सोही रकम बेहोर्ने वचन दिएका हुन्। फिर्मिनोले सो रकम सहयोग गर्ने वचन दिएको जानकारी बिरामी बालककी आमा स्क्लिमरले सामाजिक सञ्जालमार्फत दिएकी हुन्। ‘फर्मिनो र उनकी श्रीमती पेरेइराले सम्पर्क गरी बाँकी रहेको सबै रकम सहयोग गर्ने वचन दिएका छन्’, स्क्लिमरले भनेकी छन्, ‘उनीहरूको यो वचनले मेरो मनले ठूलै राहत पाएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.