सिन्धुलीमा अत्याधिक दुर्घटना, १ वर्षमा ६४ दुर्घटना, ४० को मृत्यु

सिन्धुलीमा अत्याधिक दुर्घटना, १ वर्षमा ६४ दुर्घटना, ४० को मृत्यु

 सिन्धुली : सडक सञ्जालले घेरिएसँगै सिन्धुलीमा सडक दुर्घटना वृद्धि हँुदै आएको छ। ट्राफिक प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार सिन्धुलीमा ३ नम्बर प्रदेशका १३ जिल्लामध्येमै अत्यधिक दुर्घटना हुने गरेको पाइएको हो।

सडकमा हुने सवारी दुर्घटनाको संख्या हेर्दा यस्तो तथ्यांक पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख केशरमान बस्नेतको भनाइ छ। वर्षभरि ३ नं. प्रदेशमा भएका यस्ता दुर्घटनाको तथ्यांक हेर्दा सिन्धुली जिल्ला अत्यधिक सवारी दुर्घटना हुने जिल्लामा परेको छ,’ उनले भने।

एक वर्षको अवधिमा सिन्धुली जिल्लामा भएका विभिन्न ६४ वटा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ। दुर्घटनामा परी १ वर्षको अवधिमा ६१ जना गम्भीर प्रकृतिका घाइते र ५७ जना सामान्य घाइते भएको उनको भनाइ छ। ‘यसलाई हेर्ने हो भने पनि सिन्धुली ३ नम्बर प्रदेशकै अत्यधिक दुर्घटना हुने जिल्लामा परेको छ,’ उनले भने।

मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले पनि सिन्धुली जिल्लालाई अधिक सवारी दुर्घटना हुने जिल्लाको सूचीमा राखेको छ।

बीपी राजमार्ग अत्यधिक साँघुरो र घुमाउरो सडक भएका कारण यस राजमार्गमा धेरैजसो दुर्घटना हुने गरेको हो। साँघुरो सडकमा चालकले लापर्वाही गरी तीव्र गतिमा सवारीसाधन सञ्चालने गर्दा पैदलयात्रुदेखि सवारी साधनमा सवारहरूले समेत ज्यान गुमाउनुपरेको छ।

ट्राफिक प्रहरीले तीव्र गतीमा सवारीसाधन सञ्चालनलाई नियन्त्रणमा लिन टाइम कार्डको प्रयोग, गतिमापन, चालकलाई पटक-पटक प्रशिक्षण गराए पनि त्यसको कार्यान्वयन प्रभावकारी नहुँदा दुर्घटनामा कमी नआएको स्थानीयको गुनासो छ।

यस्तै, मध्यपहाडी लोकमार्ग, निर्माणाधीन हेटौंडा-सिन्धुली-गाईघाट चतरा सडक र अन्य ग्रामीण सडकमा दैनिकजसो दुर्घटना हुने गरेका छन्।

ग्रामीण सडकमा ग्रेट नमिलाई प्राविधिक स्टमेटबिनै करोडौं खर्चेर सडक निर्माण भएपछि मापदण्डविपरीतका सवारीसाधन सञ्चालन हुँदै आएका छन्। त्यस्ता सडकमा हुने दुर्घटनासमेत कहालीलाग्दो अवस्थामा रहेको प्रहरीको भनाइ छ।

जिल्लामा ट्राफिक नियम पालना नगरी सवारीसाधन चलाउने १५ हजारभन्दा बढी सवारीसाधन र तिनका चालक कारबाहीमा परेका छन्। ‘जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले आव ०७४÷७५ मा नियम उल्लंघन गरी सवारीसाधन चलाउने १५ हजार ८ सय ५० वटा सवारी कारबाहीमा परेका छन्,’ बस्नेतले थपे।

यस्ता कारबाहीमा परेका सवारीसाधनबाट आव ०७४÷७५ मा करिब १ करोड ८ लाख ५४ हजार ५ रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ।

तीव्र गतिमा सवारीसाधन चलाउने, कागजपत्र साथमा नलिई सवारी चलाउने, मोटरसाइकल तथा स्कुटर चलाउँदा हेल्मेट नलगाउने, गाडी चलाउँदा सिटबेल्ट नलगाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा सवारीसाधनको क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने सवारीसाधन तथा सवारी चालकबाट उल्लिखित राजस्व संकलन भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.