अब १० मिनेटमै प्रहरी घटनास्थलमा !

अब १० मिनेटमै प्रहरी घटनास्थलमा !

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाबारे खबर पाएको १० मिनेटमै घटनास्थल पुग्ने घोषणा छ। जिल्ला प्रहरी प्रमुखको तीन दिनदेखि जिम्मेवारी सम्हालेका एसपी अरुण पौडेलले आइतबार पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन्। 

‘घटनास्थलमा प्रहरी निकै ढिलो पुग्ने गरेको जनगुनासो छ’, उनले भने, ‘अब नगरभित्र १० मिनेटभित्रै प्रहरी पुग्छ। नगरभन्दा बाहिरको हकमा पनि घटनास्थल पुग्न लाग्ने समयभन्दा ५ मिनेटभन्दा ढिलो हुनेछैन।’

घटनास्थलमा जहाँको प्रहरी युनिटबाट छिटो पुग्ने सम्भावना हुन्छ, त्यहीँको प्रहरी परिचालन गरेर जनतामा रहेको अविश्वासलाई हटाउने उनले दाबी गरे। सो अवसरमा जिल्लामा लागूऔषधको दुव्र्यसनी बढ्दो क्रममा रहेको, लागू औषधको ओसारपसार, बेचबिखन र जोखिम बढेपछि प्रहरीले नियन्त्रणका लागि विशेष अभियान नै थाल्ने उनको भनाई छ।

सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा प्रहरीले अभियान सञ्चालन गर्ने जनाएको छ। जसमा नियन्त्रणका लागि प्रहरी परिचालनदेखि जनचेतनामूलक कार्यक्रम रहने एसपी पौडेलले जानकारी दिए। 

आर्थिक वर्ष २०७२/७३ मा एक सयजना दुव्र्यसनी पक्राउ परेकोमा ०७३/७४ मा भने पक्राउ पर्ने दुव्र्यसनीको संख्या एक सय ८९ पुग्यो। ०७४/७५ मा यो संख्या बढेर दुई सय ४३ पुगेको छ।

दुव्र्यसनीबाट चरेश, अफिम गाँजा, कोरेक्स, नाइट्राजेपामजस्ता लागूऔषध पनि बरामद गरेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.