महाकालीमा बाढी : बनबासामा सवारी ठप्प

महाकालीमा बाढी : बनबासामा सवारी ठप्प

महेन्द्रनगर : महाकाली नदी र जोगबुढा नदीमा पानीको बहाब बढेपछि महाकाली नगरपालिका–१० का विभिन्न टोलमा बाढी पस्ने खतरा बढेको हो। 

पहाडी जिल्लामा परिरहेको अविरल वर्षाले नदीमा पानीको बहाब बढेपछि महाकाली नगरपालिका–१० शान्तिटोल, गिरी टोल, गुरुङ टोल र कुतियाकवरमा बाढी पस्ने खतरा बढेको हो।

शान्ति टोलस्थित उर्मिला गिरीको घरमा पानी पसेपछि सुरक्षित स्थानमा सारिएको छ। दुई दिनदेखि निरन्तर रुपमा वर्षा जारी रहँदा नदीनालामा पानीको बहाब बढेको हो।

बाढी टोलमा पस्ने खतरा बढेपछि स्थानीय त्रसित छन्। इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले महाकाली नदीमा पानीको बहाब बढेर जोगबुढा नदी थुनिएपछि बाढी पस्ने खतरा बढेको बताए।

‘त्यहाँका प्रभावित हुन सक्ने घरपरिवारलाई सचेत रहन भनिएको छ’, उनले भने, ‘बिहानैदेखि सुुरक्षाकर्मीको टोलीसमेत खटिएर प्रभावित क्षेत्रमा उद्वार गरिरहेको छ।’
प्रहरीका अनुसार पानी पर्ने क्रम नरोकिए नदीमा पानीको बहाब अझै बढ्न सक्ने र त्यसबाट थप परिवार प्रभावित हुन सक्ने भन्दै चनाखो रहन भनिएको छ।

महाकाली नगरपालिका–८ का केही घरपरिवार समेत डुबानमा परेका छन्। चन्दले सो क्षेत्रका करिब दुई सय घरपरिवार बाढीको जोखिममा रहेको जानकारी दिए।
स्थानीय प्रशासनले समेत निरन्तर पानी पर्ने क्रम जारी रहेको र बाढीको जोखिम रहने भन्दै सुरक्षा निकायलाई हाइअलर्टमा रहन भनेको छ।

बनबासा पुलमा सवारी आवागमन रोक

यसैबीच, नदीमा पानीको बहाब बढेपछि बनबासा पुलमा चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको छ। नदीमा पानीको बहाव बढेपछि पुलमा सवारी साधन आवागमन बन्द गरिएको हो।

आइतबार बिहान ११ बजेदेखि पुलमा चारपांग्रे सवारी साधन बन्द गरिएका हुन्। बिहान गरिएको मापनअनुसार, महाकाली नदीमा पानीको बहाब एक लाख पाँच हजार क्यूसेक भन्दामाथि पुगेको छ।

भारतीय पक्षले नदीमा पानीको बहाब एक लाख क्यूसेक नाघेमा सवारी सञ्चालनमा रोक लगाउने गरेको छ। ७ नं. प्रदेशका पहाडी जिल्लाहरुमा समेत पानी पर्ने क्रम जारी रहेकाले महाकाली नदीमा पानीको बहाब बढ्ने अनुमान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.