विमाेचन गरिए वातावरणका पाँच बालकथा

विमाेचन गरिए वातावरणका पाँच बालकथा

काठमाडौं : बालवाङ्मय तथा अनुसन्धान केन्द्रबाट प्रकाशित वातावरण विषयका पाँच बालपुस्तकको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विमोचन गरे। उनले वातावरण र भूमण्डलीय तापमान वृद्धि अहिलेको जल्दोबल्दो समस्या भएको बताएका छन्।

‘यस्तो विषयबारे विद्यार्थीलाई शिक्षित तथा अभिप्रेरित गर्नका लागि पुस्तक प्रकाशित हुनु स्वागत योग्य कुरा हो’, उनले भने, ‘आगामी पाठ्यक्रममा वातावरण विषयलाई आधारभूत तहदेखि समावेश गर्न प्रतिवद्ध छु।’ संयुक्त राष्ट्रसंघ विकास कार्यक्रममा कन्ट्री डाइरेक्टर रेनाउड मेयरले वातावरणीय समस्याजस्ता विज्ञानका विषयलाई कथाको माध्यमबाट बुझ्न सजिलो हुने हुँदा विद्यार्थीले यसबाट शिक्षा र प्रेरणा पाउनेमा जोड दिए।

केन्द्रका अध्यक्ष तथा पुस्तकका सम्पादक विनय कसजूले नेपालमा ग्लोबल वार्मिङको प्रभाव भयावह रुपमा पर्न सक्ने र यसका लागि विद्यार्थीलाई वातावरण संरक्षणका विषयमा शिक्षित र यस काममा अगुवाई गर्न प्रेरित गर्न यी पुस्तक तयार पारिएको जानकारी दिए।

पुस्तक जल तथा मौसम विज्ञान विभाग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी/विश्व वातावरण कोष (जीईएफ) को संयुक्त तत्वावधानमा सञ्चालित ‘समुदायमा आधारित बाढी तथा हिमताल विष्फोटन जोखिम न्यूनीकरण आयोजना’ बाट तयार पारिएको हो।

प्राध्यापक डाक्टरद्धय चूडामणि बन्धु र तारानिधि भट्टराईले पाँचै पुस्तकको समीक्षा गरेका थिए। प्रत्येक पुस्तकमा पाँच बालकथा समेटिका छन्। ‘खैरो बकुल्ला’ प्रमोद प्रधान, ‘नागदहका माछा’ गंगादेवी कसजू, ‘रङ्गीन विष’ विजयराज आचार्य, ‘इम्जाको झस्को’ मञ्जु ज्ञवाली र ‘लिटिल डायनो’ अनन्त वाग्लेले लेखेका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.