यातायातका इन्जिनियर २० हजार घुससहित पक्राउ
बुटवल : यातायात व्यवस्था कार्यालय बुटवलस्थित सवारी शाखाका एकजना इन्जिनियर २० हजार रुपैयाँ घुससहित सोमबार पक्राउ परेका छन् ।
यातायात ब्यवस्था कार्यालयका बुटवलका मेकानिकल इन्जिनियर सरोजकुमार साह सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दरुपयोग अनुसन्धान आयोगको बुटवलको फन्दामा परेका हुन् ।
साहले सेवाग्राहीबाट नयाँ सवारीसाधन दर्ताका लागि घुस लिइरहेको सूचना पाएपछि उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।