सुरक्षित गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी बढी

सुरक्षित गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी बढी

डडेल्धुरा : डडेल्धुरामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको पाइएको छ।उपक्षेत्रीय अस्पतालले निकालेको प्रतिवेदनमा सुरक्षीत गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको देखाएको हो।

पछिल्ला ३ वर्षको तथ्याङ्क हेर्दा उपक्षेत्रीय अस्पतालमा २० वर्ष मुनीका किशोरी गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको छ। आर्थिक वर्ष २०७२/०७३ मा उक्त संख्या १ सय ३०, त्यसै गरी आर्थिक वर्ष २०७३-०७४ मा २ सय ३ रहेको र आर्थिक वर्ष २०७४/०७५ मा उक्त संख्या बढेर २ सय ५९ पुगेको तथ्याङ्कमा उल्लेख छ।

त्यसैगरी प्रदेश नम्बर ७ को पहाडी जिल्लामा रहेको एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सक अभाव रहेको समेत उक्त प्रतिबेदनमा उल्लेख गरिएको छ। अस्पतालमा एकजना मेसुसहित २१ जना कन्सलटेन्ट र १८ जना मडिकल अधिकृतको दरबन्दी रहेकोमा एकजना मेसु बाहेक कन्सलटेन्ट कुनैपनि नरहेको तथा ६ जना मात्र मेडिकल अधिकृत रहेको उक्त तथ्याङ्कले देखाएको हो। दरबन्दी अनुसार कर्मचारी नभएको अस्पतालको वार्षिक प्रतिवेदनको तथ्याङ्कमा उल्लेख गरिएको छ।

एक सय शैयाको उपक्षेत्रीय अस्पतालमा अहिले विभिन्न तहका गरी जम्मा एक सय २७ जना कार्यरत कर्मचारी रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ। दरबन्दी अनुसार स्वास्थ्यकर्मी नभएका कारण उपक्षेत्रीय अस्पतालको उपचार गुणस्तरीय नभएको सरोकारवालाको ठम्याइ रहेको छ।

कर्मचारी अभावकै कारण रातिको समय इमरजेन्सी तथा अन्य वार्डमा कुनै पनि कर्मचारी नरहेने गरेको अमरगढी नगरपालीका- ५ का वडा अध्यक्ष खेम राज पाठकले आरोप लगाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.