अवैध गर्भपतन गराउने अस्पताल सञ्चालक र डाक्टर पक्राउ

अवैध गर्भपतन गराउने अस्पताल सञ्चालक र डाक्टर पक्राउ

इटहरी: इटहरीस्थित पशुपति हस्पिटलका सञ्चालक पशुपति चौधरीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा गर्भपतन गराएको अभियोगमा चौधरीसहित अवैध गर्भपतन गराउन डा. बालकृष्ण शाह र गर्भपतन गराउन सुनसरी खनारकी एक महिलालाई नियन्त्रणमा लिएको हो ।

नक्कली सर्टिफिकेट भएको आरोपमा केही महिना अघि चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार आइतबार ती महिलाले गर्भपतन गराएकी थिइन् । गर्भपतन गराउँदा गराउँदै उनलाई समस्या भएपछि धरानस्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको थियो ।

पशुपति हस्पिटलले सुरक्षित गर्भपतनको लागि निवेदन दिए पनि अहिलेसम्म स्वीकृती भने पाएको छैन । सुनसरीमा १५ वटा स्वास्थ्य संस्थाले मात्रै सुरक्षित गर्भपतनको स्वीकृति पाएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.