महाकालीको बाढीले तटबन्ध भत्कायो, एक सय घर डुबानमा

महाकालीको बाढीले तटबन्ध भत्कायो, एक सय घर डुबानमा

महेन्द्रनगर: महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि माहाकाली नगरपालिका–१ बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्किन थालेको छ । 

नदीमा पानीको बहाव बढेपछि तारजाली बगाएर तटबन्ध भत्काउन थालेको हो । आइतबार रातिदेखि त्यस क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्काउन सुरु गरेको महाकाली नगरपालिकाको १ नं. वडा कार्यालयले जनाएको छ । 

महाकाली नगरपालिका–१ का वडा अध्यक्ष अर्जुनदत्त भट्टले आइतबार रातिदेखि बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्धमा क्षति पुग्न थालेको बताए ।

 ‘नदीमा पानीको बहाव बढिरहेको छ’ उनले भने, ‘तटबन्धमा लगाइएको १२÷१३ वटा तारजाली बगाइसकेको छ ।’ अविरल वर्षापछि महाकालीमा पानीको बहाव बढेको हो । 

‘अहिले पानीको बहाव कम हुँदा अलिकति तटबन्ध भत्काउन थालेको छ’ उनले भने, ‘पानीको बहाव उच्च भएर आयो भने तटबन्ध पुरै भत्काउने खतरा बढेको छ ।’ 

उनले तटबन्ध भत्किए माहाकाली नगरपालिकाको १ र ३ नम्बर वडा नै खतरामा पर्ने बताए । तटबन्ध भत्किए महाकालीको भंगालो नै गाउँ पसेर ठूलो क्षति गर्न सक्ने डरले स्थानीय त्रसित छन् । भारतले विहान ८ बजे दार्चुलास्थित धौलिगंगाको बाँध खोलेकाले कञ्चनपुरमासमेत महाकालीमा पानीको बहाव धेरै हुने देखिएको छ । 

पहाडको पानी यहाँसम्म आइपुग्न समय लाग्ने हुँदा अहिलेसम्म पानीको बहाव बढिसकेको छैन । जापानी सहयोग नियोग (जाइका) ले २ दशकअघि निर्माण गरेको तटबन्ध जीर्ण भएपछि २०७० सालमा आएको बाढीले बयलबन्द क्षेत्रमै तटबन्ध भत्काएर नदीको भंगालो नै गाउँ पसेर ठूलो क्षति गरेको थियो । 

त्यसपछि सोही क्षेत्रमा जनताकोे तटबन्ध कार्यक्रमले गत आर्थिक वर्षमा तटबन्धको पुनःनिर्माण गरेको थियो । तर तटबन्ध भरपर्दो र मजबुत नबनाइँदा तारजाली बगाएर भत्काउन शुरु गरेको स्थानीयले बताएका छन् । 
‘रातिदेखि तटबन्ध भत्काउन सुरु गरेको छ, पानीको बहाव बढ्यो भने निकै खतरा देखिन्छ’ स्थानीय परमानन्द भट्टले भने,‘ तत्काल ठूलो क्षति हुन नदिने तर्फ सजग हुनुपर्ने देखिन्छ’ । 

तारजाली बगाएर भत्काउन थालेको ठाउँमा तारजाली भर्ने काम थालिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिका र स्थानीय तारजाली भर्ने काममा जुटेका छन् । इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र चन्दले तटबन्ध भत्काउन थालेको ठाउँमा रोकथामको काम भइरहेको बताए । 

एकसय घर डुबानमा
अबिरल वर्षापछि नदी तथा खोलानालाहरुमा पानीको बहाव बढ्दा माहाकाली नगरपालिकाकै वडा नं. ८ र १० क्षेत्रका विभिन्न टोलडुबानमा परेका छन् । ती टोलका करिब एकसय घर डुबानमा परेको महाकाली नगरपालिकाले जनाएको छ । 

निरन्तर परिरहेको अविरल वर्षापछि महाकाली, जोगबुढा र आसपासका खोलामा पानीको बहाव बढेपछि ती टोलका घरहरु डुबानमा परेका हुन् । महाकाली नगरपालिका–८ सुन्दरनगर र वडा नं. १० कुतियाकबरका शान्तिटोल, गुरुङ्ग टोल, वैद्यफाँटा र गिरी टोलका एकसय घर डुबानमा परेका हुन् ।

डुबानमा परेका घरका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । सुरक्षाकर्मी, नगरपालिका र स्थानीय सबैले डुबानमा परेका घरका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारेका हुन् । 

घरहरु डुबानमा परेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ । जिल्लाका अन्य क्षेत्रमा समेत अविरल वर्षाले जनजिवन प्रभावित बनाएको छ । अधिकांश ठाउँहरु निरन्तरको वर्षाले जलमग्न भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.