लक्की ड्र विजेतालाई सिजी टिभी
काठमाडौं : इलेक्ट्रोनिक्स क्षेत्रको चर्चित ब्राण्ड सिजीले रुसमा सम्पन्न विश्वकप फुटलबलमा राखेको उपहार योजना अनुरुप दुईजना भाग्यशाली लक्की ड्र विजेतालाई टीभी प्रदान गरेको छ।
कम्पनीले काठमाडौंको त्रिपुरेश्वरस्थित सिजीको शोरुममा कार्यक्रम गरी टिभी हस्तान्तरण गरेको हो। लक्की ड्रमार्फत विजेता बनेका कटारीकी रोसनी कार्की र तिलगंगाका सन्जिप देउलाले प्राप्त गरेका हुन्।
सिजीका विजनेस युनिट प्रमुख धर्वेन्द्र जोशीले विजेतालाई टिभी हस्तान्तरण गरेका हुन्।