बन्दको डोटीमा आंशिक प्रभाव

बन्दको डोटीमा आंशिक प्रभाव

डोटी : प्रवक्ता प्रकाण्डलाई प्रहरीले पक्राउ गरेको विरोधमा गरेको नेपाल बन्दको डोटीमा पनि आंशिक प्रभाव परेको छ। सवारी साधनहरु सडकमा फ्याट्टफुट्ट देखिए पनि खासै संचालनमा आएका छैनन्।

डोटीका मुख्य बजार बन्द गरिएका छन् भने ग्रामीण क्षेत्रका बजार  भने संचालनमा छन्। स्थानीय स्तरमा संचालनमा आउने ठूला सवारी साधनहरु पूर्णरुपमा बन्द छन्। डोटीबाट चल्ने लामो दूरीका सवारी साधन समेत चलेका छैनन्।

दिपायल सिलगढीमा संचालनमा रहेका दुईवटा नगरबस भने प्रहरीको सहयोगमा संचालनमै रहेका छन्। दुईवटै नगर बसमा हतियारधारी प्रहरीको एक/एक टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्लाभरी कुनै किसिमको घटना नभएको र सुरक्षा कडा पारिएको समेत प्रहरीले बताएको छ। जिल्लास्थित गैरसरकारी संस्था बन्द गरिएका छन् भने सरकारी कार्यालय संचालनमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.