जनप्रतिनिधिबीच विवाद

जनप्रतिनिधिबीच  विवाद

भैरहवा : मुलुक संघियतामा गएपछि पिछडिएको क्षेत्र पनि विकास हुने अपेक्षा गरिएको थियो । गाउँमा गाउँमा सिंहदरबार नारा दिएर निर्वाचनमा होमिएका राजनैतिक दलका नेता तथा कार्यकर्ता संघियता आएपछि भने एक आपसको विरोधमा उत्रिएका छन् ।

गाउँ–गाउँको विकास गर्ने भन्दै निर्वाचन जितेका रुपन्देहीका जनप्रतिनिधीहरु विवादमा पर्न थालेका छन् । जनप्रतिनिधीहरु एकले अर्कालाई भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानिय तहको विकासको काम छाडेर विनियोजित बजेटको पछाडी लाग्दा स्थानिय तहमा विवाद बढ्दै गएको हो ।

रुपन्देहीको सबैभन्दा पिछिडएको मानिने मर्चवार क्षेत्रमा स्थानिय तहका जनप्रतिनिधीहरु बीच विवाद बढ्दै जान थालेपछि मर्चवारको विकासमा स्थानिय चिन्ता व्यक्त गरेका छन् । मर्चवार क्षेत्रमा ३ वटा मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र कोटहीमाई गाउँपालिका रहेका छन् । मर्चवारको विकासका लागि यी तीनवटै गाउँपालिका करोडौ बजेट विनियोजित भएपनि बजेटको सदुपयोग भन्दा दुरुपयोग हुदाँ स्थानिय रुष्ट हुनुका साथै जनप्रतिनिधीहरु बीच नै विवाद बढ्न थालेको छ ।

यसको पछिल्लो ज्वलन्त उदाहरण हो मर्चवारी गाउँपालिका । मर्चवारी गाउँपालिकाका जनप्रतिनिधीहरु विकासमा जुट्नुको सट्टा मुद्दा मामिला लिएर जिल्ला समन्वय समितीको कार्यालय रुपन्देहीमा धाउन थालेका छन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, २६ जना सदस्य एकातिर र ७ वटै वडाका वडाअध्यक्ष एकातिर हुदाँ विवाद उत्कर्षमा पुगेको हो ।

जनप्रतिनिधीहरुको विवादका कारण विकास निर्माणले गति लिन नसकेको स्थानियहरुले बताएका छन् । गाउँपालिकाले विनियोजन गरेको बजेटमा जनप्रतिनिधीहरु बीच भागबण्डा नमिल्दा उनीहरु एक पक्षले अर्को पक्षलाई भ्रष्टाचारको आरोप प्रत्यारोप लगाउँदै हिडेका छन् ।

विवादलाई लिएर जिल्ला समन्वय समिती रुपन्देहीको कार्यालयमा उपाध्यक्ष र सदस्यहरु सहित आएका गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँले गाउँपालिकाको ७ वटै वडाअध्यक्षहरुले वडासदस्यहरुको राय सुझाव नलिई एकलौटी रुपमा काम गरिरहेको आरोप लगाए ।

वडाअध्यक्षहरुले आफ्नो वडासदस्यहरुलाई बाइकट गरी काम गरिरहेको भन्ने गुनासो आफुसगँ आएपछि मिलाउन खोजेको विवाद नमिलेपछि आफु समन्वय समिती प्रमुख समक्ष आएको अध्यक्ष बनियाँले बताए । उनले वडाअध्यक्षहरुले विकास निर्माण अनियमितता गर्ने गरेको आरोप लगाउँदै सदस्यहरुले हिसाब माग्दा समेत नदिने गरेको बताए ।

वडाअध्यक्षहरुले एकलौटी रुपमा काम गरेर भ्रष्टाचार गरिरहेको वडाका सदस्यहरुको आरोप छ ।

वडा नम्बर ६ का सदस्य रतनेश कुमार यादवले वडाअध्यक्षले गाउँपालिकाबाट आएको बजेट आफ्नै घरको जस्तै गरी खर्च गर्ने गरेको आरोप लगाए । निर्वाचनको बेला हामी पनि जनता समक्ष मत माग्न गएका थियौँ । वडाअध्यक्षले आएको बजेट व्यक्तिगत सरह प्रयोग गर्दा आज जनताले एउटा धारा माग्दा समेत दिन सक्ने स्थिती छैनौ, कसरी सदस्य भएर बस्ने ? उनले प्रश्न गरे ।

यता वडा नम्बर ४ का अध्यक्ष शैलेश श्रीवास्तवले गाउँपालिका अध्यक्षले वडाको योजना पनि आफै चलाउन खोजेको आरोप लगाए । उनले गाउँपालिका अध्यक्षले वडामा समेत ठाडो हस्तक्षेप गरी काम गर्ने गरेको आरोप लगाउँदै वडालाई दिने भनिएको एक करोड रुपैयाँ समेत कटौती गरी ८० लाख मात्र पठाउन खोजेको बताए । गाउँपालिका अध्यक्षले उपाध्यक्ष, वडाअध्यक्ष तथा सदस्यहरुलाई मिलाएर लैजानुपर्नेमा वडा सदस्यहरुलाई अनावश्यक रुपमा उचालेर विवाद सिर्जना गरेको उनको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.