सिक्टामा अख्तियारको अनुसन्धान सुरु

सिक्टामा अख्तियारको अनुसन्धान सुरु

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिक्टा सिँचाइ आयोजनाको पश्चिमी नहरको गुणस्तरबारे छानबिन सुरु गरेको छ । काठमाडौंबाट आइतबार र सोमबार दुई दिनमा अख्तियार टोली नेपालगन्ज पुगेको हो । टोलीले सोमबारदेखि मात्र काम सुरु गरेको हो ।

आयोगको शुक्रबार बसेको बैठकले आयोगका प्राविधिक सहसचिवको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समूह गठन गरी विस्तृत अध्ययन गर्ने निर्णय गरेको हो । अख्तियारका सहसचिवएवं प्रवक्ता रामेश्वर दंगालले प्राविधिक सहसचिवको नेतृत्वको टोलीले स्थलगत रुपमा अनुसन्धान थालेको पुष्टि गरे । उनले भने, ‘उच्चस्तरको टोली स्थलगत अध्ययनका लागि पुगेको छ । कसरी काम भइरहेको छ भन्नेबारे कुनै अपडेट छैन ।’

अन्य छानबिन आयोग जस्तो निश्चित समय सीमा तोकेर, निश्चित कार्य विधि र अख्तियार पाएर अनुसन्धान नगर्ने भएकाले अधिकार सम्पन्न अनुसन्धान टोलीले अख्तियारको प्रचलित अनुसन्धान विधिमा काम गरिरहेको प्रवक्ता दंगालले प्रष्ट पारे । अख्तियार टोलीले स्थलगत रुपमा कम्तीमा पनि दुई दिन रहने बताइएको छ ।

सिक्टा सिँचाइ आयोजनाका जिम्मेवार अधिकारी र ठेकेदार कम्पनीका व्यक्तिसँग सोधपुछ गर्ने र आवश्यक ठानेमा सिक्टा सिँचाइबाट प्रभावित स्थानीय र सो क्षेत्रका जनप्रतिनिधिसँग पनि अख्तियारले जानकारी लिने बताइएको छ । अख्तियारले यसअघि भइरहेको अनुसन्धान कार्यलाई समेत एकीकृत गरी विस्तृत अनुसन्धानको कार्यलाई तीब्रता दिने जनाएको छ ।

यसअघि गरेको अनुसन्धानको अवस्था भने अझैं सार्वजनिक भएको छैन । न त अख्तियारले सो घटनामा संलग्नलाई कारबाहीको प्रक्रिया नै अघि बढाएको छ । सिक्टा सिँचाइ आयोजनाको ४४ दशमलव २५ किमी लामो पश्चिमी मुल नहरको परुवा खोलादेखि डुडुवा खोलासम्मको १४ किलोमिटर क्षेत्रमा सयौं ठाउँमा प्वाल परेको छ ।

नहर परीक्षणका क्रममा दुई पटक भत्किएको थियो । जीर्ण भएका कारण नहर जुनसुकै बेला भत्किने खतरा रहेको राप्ती सोनारी गाउँपालिका–९ का वडा सदस्य पूर्णबहादुर वलीले चिन्ता ब्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.