बजार बन्द गराउँदै हिँड्ने विप्लवका नगर इन्चार्ज पक्राउ
धनगढी : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका घोडाघोडी नगरपालिका इन्चार्ज छविलाल ओली घर्तीलाई प्रहरीले पक्राउ गरेको छ।
बजार बन्द गराउँदै हिँडिरहेको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय सुखडको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो।
‘पक्राउ परेका ओलीमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चल्छ’, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
कैलालीमा नेकपाको बन्दको आंशिक प्रभाव परेको छ। छोटो दूरीका सवारीसाधन चले पनि लामो दूरीका सवारीसाधन र विद्यालय खुलेका छैनन्।