विप्लवका प्रवक्ता विश्वकर्मालार्इ उपस्थित गराउन ४८ घण्टे आदेश
काठमाडौं : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित तीनजनालाई ४८ घण्टाभित्र उपस्थित गराउन गृह मन्त्रालयलाई आदेश दिएको छ। कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मि श्रको एकल इजलासले सोमबार उक्त आदेश दिएको हो।
प्रहरीले पक्राउ गरी गैरकानुनी थुनामा रहेको दाबीसहित आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो। थुनामा राखिएका विश्वकर्मा, कालिकोट कालिका गाउँपालिका–६ का हरिचन्द्र आचार्य र कपिलवस्तु वाणगंगा नगरपालिका– ४ का मनबहादुर श्रेष्ठका हकमा नरेन्द्रबहादुर विश्वकर्माले रिट दायर गरेका थिए। उनी प्रकाण्डका छोरा हुन्।
प्रकाण्डसहित तीनैजनालाई हाजिर गराउन सुरक्षा निकायलाई बाटाको म्याद बाहेक ४८ घण्टाको समय दिएको जानकारी दिए। ‘बन्दीसहित थुनाको कारणसमेत खुलाएर लिखित जवाफसमेत पेस गर्न आदेश भएको छ’, कालाखेतीले अन्नपूर्णसँग भने। सर्वोच्चले गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रधान कार्यालय, काठमाडौं जिल्ला अदालत र महानगरीय प्रहरी परिसर टेकुका नाममा उक्त आदेश जारी गरेको छ। थुनामा राखिएका आचार्य उक्त पार्टीका कार्यकर्ता र श्रेष्ठ यातायात व्यवसायी रहेको रिटमा उल्लेख छ। यी बन्दीलाई काठमाडौं जिल्ला अदालतले आइतबार यी तीनजना बन्दीलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो। चन्दा ऐन, २०३० अनुसार मुद्दा चलाउने तयारीका लागि विश्वकर्मालाई थुना अनुमति लिइएको हो।
प्रतिक्रिया दिनुहोस !