अब ठग्ने ट्याक्सीको लाइसेन्स कब्जा

अब ठग्ने ट्याक्सीको लाइसेन्स कब्जा

काठमाडौं : उपत्यकामा ट्याक्सीको ठगी धन्दा बढेको फेला परेपछि प्रहरीले चालकको लाइसेन्स कब्जा अभियान थालेको छ। प्रहरी ‘अपरेसन’मा १० हजारमध्ये आठ हजार ट्याक्सी ठगीमा संलग्न भएको भेटिएको छ।

अनुसन्धानका क्रममा चक्रपथभित्र र बाहिर तोकिएको स्थानमा नजाने र मिटरमा जान नमान्ने भेटिएको छ। छड्के जाँचका लागि ट्राफिकले सादा पोसाकमा प्रहरी परिचालन गरेको थियो। कानुन पालना नगर्ने र मिटर जडान नगरेका भन्दा पनि मिटर जडान गरेका ट्याक्सीको ठगीलाई नियन्त्रण गर्न प्रहरीले कडाइ थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसएसपी वसन्त पन्तले जानकारी दिए। मिटरबिना ट्याक्सी गुडेको पाइए तत्काल प्रहरीलाई खबर गर्नसमेत उनले अनुरोध गरे। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार वैशाखयता सात हजार ९ सय ७३ ट्याक्सी चालक कारबाहीमा परेका छन्।

सबै ट्याक्सीमा मिटर जडान गरिएको भए पनि प्रयोग नगरेको पाइएपछि यात्रु ठगी गर्ने दैनिक डेढ दर्जन ट्याक्सीलाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याउने गरेको छ। सरकारले भूकम्पपीडितका लागि वितरण गरेको एक हजार पाँच सय ट्याक्सी पीडितले दोस्रो व्यक्तिलाई बिक्री गरेपछि ती पनि उपत्यकामै सञ्चालित छन्। बिचौलियाले पीडितसँग सस्तोमा ट्याक्सीको नम्बर खरिद गरी महँगो मूल्यमा बिक्री गरेपछि तत्काल कमाउने लोभमा यात्रुलाई ठगी गर्ने गरेको प्रहरीको भनाइ छ। ट्याक्सी चालक समूहमा बसेर यात्रुलाई सेवा दिनेभन्दा पनि उल्टै थर्काउने, यात्रापछि बिल माग्दा नदिनेलगायत विकृति बढेको प्रहरी अनुसन्धानमा फेला पारेको छ। प्रहरीले यस्तो ठगी गर्ने ट्याक्सीको कागजात मात्र नभएर चालकको लाइसेन्सनै लिन थालेको छ।

उपत्यकामा दैनिक डेढ दर्जन ट्याक्सी कारबाहीमा पर्ने गरेको प्रहरीको दाबी छ।

चालकले पाँच पटकभन्दा बढी कारबाहीमा परेको पाइए एक घण्टाको चेतना कक्षा अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको महाशाखाले जानकारी दिएको छ। आपत्विपद् परेको बेला यात्रुले ट्याक्सी चढ्ने गर्छन्। सोही मौकामा चालकले फाइदा लिने गरेको पाइएको प्रहरीको भनाइ छ। ट्याक्सीभित्र यात्रुले देख्ने गरी नम्बर टाँस्न अनिवार्य गरेकाले ठगी गर्नेलाई १०३ मा तत्काल खबर गर्न प्रहरीले अनुरोध गरेको छ। तोकिएको पार्किङ क्षेत्रभन्दा अन्य क्षेत्र र तोकिएभन्दा बढी पार्किङ गरेको पाइएको अवस्थामा समेत प्रहरीलाई खबर गरेर सचेत गराउन अनुरोध गरेको छ। जथाभावी ट्याक्सी पार्किङका कारण सडक आवागमनमा बाधा उत्पन्न हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.