अस्पताललार्इ १२ लाख बुझाएर चिन्ताजनक अवस्थामा घर लगियो बिरामी

अस्पताललार्इ १२ लाख बुझाएर चिन्ताजनक अवस्थामा घर लगियो बिरामी

भद्रपुर : उपचार खर्चबापत ११ लाख ८७ हजार रुपैयाँ तिरेपछि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले बिरामीलाई घर लैजान दिएको छ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भई उपचाररत इलामको रोङ गाउँपालिका–४ का ३३ वर्षीय अरुण तामाङलाई मंगलबार उनका आफन्तले घर लगेका हुन् । उपचारको १० लाख र औषधिबापतको १ लाख ८७ हजार रुपैयाँ बुझाए पनि अस्पतालले पूर्ण उपचारबिनै चिन्ताजनक अवस्थामा घर पठाएको जनाइएको छ ।

अस्पतालले सोमबार उपचार खर्चबापत १६ लाखको हिसाब दिएपछि उनका आफन्त आत्तिएका थिए । उनीहरूले मंगलबार जसोतसो पैसाको बन्दोबस्त गरेपछि अस्पतालले अरू १५–२० दिन उपचार गराउँदा सुधार हुन सक्ने बताएको थियो । तर, दैनिकजसो १ लाख रुपैयाँ अस्पताललाई बुझाउन सक्ने हैसियत नभएकाले नाजुक अवस्थामै घर फिर्ता गर्नुपरेको घाइतेका भाइ उमेशले बताए ।

झापाबाट इलाम जाने क्रममा यही साउन १३ गते इलामको बर्नेमा दुईवटा मोटरसाइकल दुर्घटना हुँदा अरुण घाइते भएका थिए । उनलाई सोही दिन बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियोे । अस्पतालले १६ दिनपछि ‘पैसा अब छिटो तिर्नू नत्र उपचार हुँदैन’ भनेपछि बिरामी नराख्ने सोच बनाएको उमेशले सुनाए ।

उनका अनुसार अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंसहित चिकित्सकसित मंगलबार छलफल हुँदा उपचार खर्चमा सहमति भएको हो । पैसा तिर्ने उपाय नभएको र बिरामीको स्वास्थ्य अवस्थामा पनि सुधार नभएकाले अस्पतालबाट लैजान बाध्य हुनुपरेको गुनासो उनले गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.