मलेसियाले फेरि नेपाली कामदार लैजाने

मलेसियाले फेरि नेपाली कामदार लैजाने

क्वालालम्पुर : मलेसियाले फेरि नेपालबाट कामदार लैजाने भएको छ । यसबारेको जानकारी यहाँका प्रधानमन्त्री महाथिर मोम्मदले मंगलबार बसेको संसद बैठकमा दिएका हुन् । 

बंगलादेशसँग सन् २०१६ फेब्रुअरीमा भएजस्तै श्रम सम्झौता गरेर कामदार लैजाने तयारी भइरहेको प्रधानमन्त्री मोहम्मदले जानकारी दिए । बंगलादेशसँग गरिए जस्तै सरकारी तहमा श्रम सम्झौता गरेर पुन: कामदार लान थालिने उनले जानकारी दिए । 

मंगलबार बसेको संसद्को विशेष समितिमा विदेशी कामदारबारे छलफलका क्रममा प्रम महाथिरले यस्तो बताएपछि नेपाली कामदारले चाँडै रोजगारी गर्न मलेसिया जान पाउने भएका हुन् । 

सम्बोधनका क्रममा प्रधानमन्त्री महाथिरले विगतमा रहँदै आएका सबै स्रोत मुलुकबाट कामदार लिन तथा कामदारको व्यावस्थापनका लागि साझा नीति अपनाइने जानकारी दिए । प्रम महाथिर अब आउने नयाँ नीतिबारे भने विस्तृत खुलाएनन् । 

प्रम महाथिरको सम्बोधनपछि यहाँका मानव संशाधनमन्त्री एम कुला सेगरनले पनि नेपालसँग छिट्टै श्रम सम्झौता गरेर कामदार ल्याउन थालिने बताएका छन् । 

'बंगलादेश, नेपाल र अन्य स्रोत देशबाट कामदार लिने कुरामा हामी एउटै विधि अपनाउँछौँ', महाथिर पत्रकारहरुसँग भने, 'अब सरकारी तहबाटै सम्झौता गरेर हामी नेपालसहितका स्रोत देशबाट कामदार लिन्छौँ ।'

सरकारले नेपालसहितका स्रोत देशबाट कामदार ल्याउने कुरामा १० कम्पनीलाई अधिकार दिएको थियो । अहिले मलेसियाले बेस्टिनेट एसडीएन बीएचडीसहितका कम्पनीलाई दिइएको अनुमति पनि निलम्बन गरेर सरकारीस्तरबाटै कामदारबारे सम्झौता गर्न लागेको हो । 

'अहिलेको अवस्थामा मलेसिया आउने कामदारबाट एजेन्टहरुले मनपरीरुपमा शुल्क उठाएको पाएका छौँ', २० हजार आरएसम्म शुल्क उठाएको सरकारले भेट्टाएको छ', महाथिरले भनेका छन्, 'तर अब हामी सबै एजेन्टलाई प्रतिस्पर्धका लागि अनुमति दिँदैछौँ ।'

मलेसियाका मानव संशाधनमन्त्री एम कुला सेगरनले बंगलादेशबाट कामदार ल्याउन खुल्ला प्रतिस्पर्धा गराउन लागिएको बताए । उनले नेपाली कामदारबारेमा पनि सरकारीतहबाटै श्रम सम्झौता गरिने बताए । 

महाथिर प्रधानमन्त्री भएपछि विदेशी कामदारको समस्या व्यवस्थापानको कोशिस गरिरहेको छ । मलेसियाले विदेशी कामदारका मुद्दा आफ्ना लागि ठुलो समस्या बनिरहेको पनि जनाएको छ । मलेसियामा रहेका धेरै कामदारहरु गैरकानुनीरुपमा बसिदिँदा सरकारले तनाव भोग्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.