सम्झौता भन्दा १५ महिना अगाडि रातु पुल निर्माण सम्पन्न
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषाको सीमामा पर्ने रातु पुल निर्माण सम्पन्न भएको छ। पुलबाट यातायात संचालनको तयारी अन्तिम चरणमा पुगेको छ। दुई सय २५ मिटर लम्बाई र १०.९० मिटर चौडाई रहेको उक्त पुल २४ करोड ६० लाखमा ‘कालिका टु दी रसुवा जेबी काठमाडौं’ले निर्माण गरेको हो। उसले सम्झौता भन्दा १५ महिना अगाडि पुलको निर्माण सकेको हो। तस्बिर : राजकरण महतो