भैरहवा विमानस्थलबाट फ्लाई दुबईले पनि थाल्यो उडान

भैरहवा विमानस्थलबाट फ्लाई दुबईले पनि थाल्यो उडान
सुन्नुहोस्

भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबईले पनि उडानको सुरुवात गरेको छ।

 
शनिवार दिउँसो २:३५ बजे १५९ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईलाई विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो। १५९ मध्ये १० जना भैरहवा ओर्लिएको र पुन बाँकी १४९ यात्रुसहित उक्त विमान भैरहवाबाट काठमाडौं प्रस्थान गरेको र त्यहाँबाट दुबई जाने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए। 

फ्लाई दुबईको उडान भोलि आइतबारको भए तापनि एकदिन अघि शनिवार नै उडान गर्दा विमानले भैरहवाबाट यात्रु नपाएको बताइएको छ।विमानस्थलबाट शनिवारदेखि एकैदिन नेपाल एयरलाइन्स, जजिरा एयरवेज र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडानको सुरुवात गर्दैछन्। जजिराले शनिबार बिहान भैरहवा आएर यहाँबाट कुवेतका लागि उडान भरिसकेको छ भने नेपाल एयरलाइन्सले राति भैरहवाबाट उडान गर्ने सूचना अधिकारी राउतले बताए।
 
‘भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरुको सुरुवात हुनु हामी सबैको लागि खुशीको विषय हो’ भैरहवाका पर्यटन व्यवसायी अमित कुमार गुप्ताले भने, ‘यसलाई निरन्तरता दिनुपर्छ।’ शनिबार रातिदेखि नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई–काठमाडौं सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तालिका रहेको उनले बताए। 

उनका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) फ्लाई दुबईले शनिवार मध्यान्ह देखि साताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई एक उडान गर्ने तालिका छ। यस्तै थाई एयर एशियाले साताको सोमबार र बिहीवार एक उडान र जजिरा एयरवेजले साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्नेछन्।
 
हाल विमानस्थलबाट चार वटा वायुसेवा कम्पनीले सुरुवात गरे पनि सरकारले अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई पनि विमानस्थलमा ल्याउनुपर्ने व्यवसायी गुप्ताको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.