पहिरोले रुकुमको यातायात अवरुद्ध

पहिरोले रुकुमको यातायात अवरुद्ध

रुकम (पश्चिम) : गएरति परेको अविरल बर्षका कारण आएको पहिरोले रुकुम पूर्व र पश्चिमको यातायात सेवा अवरुद्ध भएको छ । राप्ती लोकमार्गा अन्तरगत तुलसीपुर–सल्ले सडक खण्ड अन्तरगत मुसीकोट नगरपालिका वडा नंं ११ पितिबाङ्ग खोला नजिकै र मुसीकोट नगरपालिका वडा नं. १२ बैरागी ठाटी नजिकै माथीबाट पहिरो झरेपछि रुकुम दुबै जिल्लाको अवतजावत बन्द भएको हो । 

बर्ष सुरु भएसँगै पहिरो झर्न सुरु भएका यी दुई स्थानमा थप ठुलो पहिरो झर्दा रुकुम आउने बिभिन्न यात्रुवाहक एवम् मालवाहक गाडीहरु पितिबाङ खोला पारि नै रोकिएका छन् भने रुकुमबाट बिभिन्न ठाउँका लागि छुटेका गाडीहरु बैरागी ठाटीमै रोकिएका छन् । जसका कारण सयौं यात्रुहरु अलपत्र परेका छन्। 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले हिजो ठूलो पानी परेको र राति भएकाले बाटो खोल्न नसकिएको बताउँदै यतिबेला यातायात सुचारु गराउन आवश्यक पहल भैरहेको बताएका छन् । दिउँसोसम्म एकतर्फी यातायात सुचारु हुने प्रनाउ खड्काको भनाई । अहिलेसम्म उक्त दुई स्थानको पहिरोका कारण कुनै मानवीय र भौतिक क्षति भने भएको छैन । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.