दरबन्दी अभावमा पठनपाठनमा समस्या

दरबन्दी अभावमा पठनपाठनमा समस्या

तौलिहवा : कपिलवस्तुका विद्यालहरूले वर्षाैदेखि शिक्षक दरबन्दीको अभाव झेल्दै आएका छन्। दरबन्दीअनुसार शिक्षक नहुँदा जिल्लाका विद्यालयहरूमा पठनपाठनमा समस्या भएको छ। जिल्लाका १ सय ३ प्रावि, ५५ निमावि र १७ वटा माविमा एउटै पनि सरकारी दरबन्दी छैन। सबै राहत र निजी स्रोतका भरमा विद्यालय चलेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कपिलवस्तुले जनाएको छ। यी विद्यालयले चन्दा तथा शिक्षा कार्यालयबाट आउने मसलन्द रकमबाट शिक्षकलाई तलब निकासा गर्ने गरेका छन्। त्यो पनि अति न्यून रकममा।

सरकारी दरबन्दी नभएका विद्यालयलाई पीसीएफ (प्रतिविद्यार्थी फन्ड) भनेर एकमुष्ट अनुदान दिने गरिए पनि गत आर्थिक वर्षमा बजेट नआउँदा समस्या भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख बाबुराम भट्टराईले बताए। ‘पीसीएफबापतको रकम दुई वर्षदेखि रोकिएको छ’, उनले भने, ‘शिक्षकहरूलाई तलब खुवाउन नसक्दा शिक्षकहरूले विद्यालय छाड्दै गएका छन्’, उनले भने, ‘यसको मार पठनपाठनमा परेको छ।’

विद्यालय, विद्यार्थी संख्या, विषयगत र कक्षागत आधारमा जिल्लालाई ४ सय ५० थप शिक्षक आवश्यक छ। कार्यालयका अनुसार एक शिक्षकले ६२ विद्यार्थीलाई पढाउने गरेका छन्। जबकि सरकारले तराईका जिल्लामा ५० विद्यार्थीबराबर एक शिक्षकको अनुपात तोकेको छ। गुणस्तरीय शिक्षा दिन समस्या भइरहेको शिक्षकहरूको गुनासो छ। शिक्षा कार्यालयका अनुसार अहिले ४ सय ५० शिक्षक दरबन्दी अभाव छ। ४ सय बढी विद्यार्थीले पढ्ने महाराजगन्ज नगरपालिका–१ मा रहेको दुर्गाभवानी कन्या निमाविमा एक जना पनि दरबन्दी नहुँदा पठनपाठन र विद्यालय व्यवस्थापनमा निकै समस्या परेको छ। ‘शिक्षक नहुँदा पठ्नपाठनमा समस्या भइरहेको छ’, प्रअ चन्द्रकला चौधरीले गुनासो गरिन्’, भनिन्, ‘निजी स्रोतमा राखेका ७ जना शिक्षकलाई घर चहारेर चन्दा उठाएर अति न्यून तलब दिएका छौं’, उनले भनिन्, ‘पारि श्रमिक थोरै हुँदा शिक्षक धेरै टिक्दैनन्।’

शिक्षा कार्यालयका अनुसार अहिले जिल्लामा ४ सय ५० शिक्षक दरबन्दी खाली छ।

प्रावि र निमावि तहमा शिक्षक–विद्यार्थी अनुपात १ शिक्षकबराबर ६५ विद्यार्थी छन्। मावि र उमावि तहमा पनि एक शिक्षकले ५० भन्दा बढी विद्यार्थी पढाउनुपरेको छ। अझ सरकारले एउटा प्राविमा न्यूनतम ३, निमाविमा ४ र माविमा न्यूनतम ५ शिक्षक दरबन्दी हुनुपर्ने प्रावधान तोकेको छ। तर जिल्लाका १ सय ५ प्राविमा एउटा पनि सरकारी शिक्षकको दरबन्दी छैन। जिल्लामा अहिले १ हजार ९ सय ८६ दरबन्दीमा मात्र शिक्षक कार्यरत छन्।

यहाँ प्राविमा ९ सय ९२ स्थायी र ४ सय २९ राहत, निमाविमा १ सय ५९ स्थायी र एक सय राहत, माविमा १ सय ४० स्थायी र ९६ राहत तथा उमाविमा २३ स्थायी र ४७ राहत शिक्षकको दरबन्दी रहेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले जनाएको छ।

बालविकास केन्द्र, आधारभूत तह, मावि, उमावि, मदरसा, संस्थागत विद्यालयहरूमा गरी १ लाख ३४ हजार विद्यार्थी छन्। ५ लाख ७१ हजार ९ सय ३६ जनसंख्या रहेको जिल्लामा प्रावि २ सय ७७, निमावि ७८, मावि ३८ र उमावि ३७ गरी ४ सय ३१ सामुदायिक विद्यालय छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.