एन्फाको विधान संशोधन : अब संघीय संरचनामा

एन्फाको विधान संशोधन : अब संघीय संरचनामा

चितवन : अखिल नेपाल फुटबल संघको संरचनालाई संघीय ढाँचामा लगिने भएको छ। मुलुक संघीयतामा गएसँगै एन्फा सञ्चालनको प्रावधान पनि सोहीअनुसार तय गरिएको छ। बुधबार चितवनको सौराहामा भएको एन्फाको १७औं विशेष साधारणसभाले एन्फाको विधान संशोधन गरेको हो।

विशेष साधारणसभाले एन्फाको कर्मचारी नियमावली, आर्थिक नियमावली र एन्फा सञ्चालन नियमावली पारित गरेको छ। संशोधित विधानले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को निर्देशिकाअनुसार एन्फा सञ्चालन, आर्थिक र कर्मचारी नियमावली बनाइएको हो। नेपाली फुटबललाई नयाँ गतिमा लैजान एन्फाको विधान संशोधन गरिएको एन्फाका प्रवक्ता किरण राईले बताए। ‘नेपाली फुटबललाई फड्को मार्ने खालको विधान पारित भएको छ’, राईले भने। राईले सर्वसम्मत रूपमा विधान संशोधन गरिएको पनि बताए। योसँगै एन्फाको अब सातवटै प्रदेशमा कमिटी बन्नेछ।

संशोधित विधानअनुसार एन्फाका लागि मताधिकार प्रतिनिधिको संख्या ९२ जना हुने व्यवस्था राखिएको छ। तीनवटा प्रदेशमा जिल्ला फुटबल संघको संख्या बढाइएको छ। प्रदेश ५ मा पाँचवटा थप गरेर ६ वटा बनाइएको छ। कर्णाली प्रदेश र ७ नम्बर प्रदेशमा दुईदुईवटा समिति थप गरेर चारवटा पु¥याइने भएको छ। प्रदेश नम्बर १, २, ३ र गण्डकी प्रदेशमा पहिला भएकै समितिको संख्या यथावत् राखिएको छ।

साधारणसभाबाटै पहिलोपटक एन्फाको आर्थिक नियमावली, कार्य सञ्चालन नियमावली, कर्मचारी नियमावली, खेलाडी नियमावली पारित गरिएको हो। नियमावलीको अभावमा जथाभावी खर्च हुने तर नियमित नभएको भन्दै पहिलोपल्ट आर्थिक नियमावली बनाएको जानकारी दिइएको छ। विधिविधानमा राखेर पारदर्शितासहित सामूहिक नेतृत्व प्रणालीबाट सञ्चालन गर्ने गरी विधान संशोधन गरिएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए। नेपाली फुटबलको माहोल सिर्जना गर्न विधान संशोधन गरिएको हो, शेर्पाले भने।

नयाँ विधानमा ‘बी’ र ‘सी’ डिभिजनमा क्लब संख्या बढाउनुका साथै निर्वाचनमा मताधिकारसमेत वृद्धि गरिएको छ। ‘बी’ डिभिजन १२ बाट १६ वटा र ‘सी’ डिभिजन ११ बाट बढाएर १८ पु¥याइएको छ। ‘ए’ डिभिजनमा यसअघिका १४ वटा क्लबलाई यथावत् राखिएको छ। विधान संशोधन गर्दै एन्फाले १५ मताधिकार बढाएर ९२ पु¥याएको छ। यसअघि ७७ मताधिकार थियो। ‘बी’ डिभिजनमा क्लब विस्तारसँगै दुई मताधिकार थप गरिएको छ। ‘सी’ डिभिजनबाट सातवटा क्लब थप गरी चार मताधिकार बढाएर नौ पु¥याइएको छ। यसैगरी मोफलबाट ‘ए’ डिभिजनका लागि छनोट हुने चारवटा क्लबबाट चार मत र पाँच नयाँ जिल्लाबाट एक/एक मत गरी १५ मत वृद्धि गरिएको छ।

एन्फाले जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म लिग स्तरको प्रतियोगिता सञ्चालन गर्ने तयारी पनि गरेको छ। विशेष साधारणसभामा ४५ जिल्ला संघका तीन/तीन, १४ ‘ए’ डिभिजन क्लबका तीन/तीनजना, खेलाडी, प्रशिक्षक, रेफ्री र महिला समितिका तीन/तीन तथा पर्यवेक्षकसमेत गरी तीन सय जनाको सहभागिता थियो। साधारणसभाको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.