चीनलाई गैंडा उपहार स्थगित

चीनलाई गैंडा उपहार स्थगित

काठमाडौं : सरकारले चीनलाई उपहारस्वरुप गौंडा दिन आयोजित कार्यक्रम स्थगित भएका छ बिहीबार अपरान्ह ४ बजे चिनियाँ अधिकारीलाई सरकारले गैंडा हस्तान्तरण गर्ने कार्यक्रम भए पनि प्रतिकुल मौसमका कारण चीनबाट जहाज उड्न नसकेपछि स्थगित भएको वन तथा वातावरण मन्त्रीका प्रेश संयोजक दयानिधि भट्टले जानकारी दिए। 

उपहार दिइने मितिनी र सोल्टी नामको भालेपोथी गैंडा शुक्रबार साँझ ६ बजे हस्तान्तरण हुने कार्यक्रम तय भएको भट्टले बताए। चीन लाने गैंडा मंगलबार नै चितवनबाट काठमाडौं ल्याएर राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटारमा राखिएको छ। 

दुई जोडी गैडा चीन सरकारलाई दिने प्रतिवद्धता अनुसार सरकारले एक महिना अघि एक जोडी गैंडा हस्तान्तरण गरेको थियो। २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो। सरकारले भाले र पोथी गैंडा हस्तान्तरण गरे पनि कृतिम गर्भधारण जस्ता अन्य प्रकृयाबाट सन्तान उत्पादन गर्न नपाइने सहमति समेत गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.