पाँच आयोजना तीन वर्षभित्र

पाँच आयोजना तीन वर्षभित्र

 बुटवल : प्रदेश ५ मा सञ्चालित पाँच राष्ट्रिय गौरवका आयोजना आगामी तीन वर्षभित्र सकिने दाबी गरिएको छ । प्रदेश ५ सरकारले गरेको आयोजनाको प्रगति र समीक्षामा आयोजना प्रमुखहरूले तीन वर्षभित्र काम सकिने बताएका हुन् ।

प्रदेश सरकारले आयोजना निर्माणमा भएको प्रगति र समस्या पहिचानका लागि छलफल गरेको हो । प्रदेश ५ मा लुम्बिनी विकास कोष, गौतमबुद्ध विमानस्थल, सिक्टा सिँचाइ, भेरी बबई डाइभर्सन र बबई सिँचाइ आयोजना राष्ट्रिय गौरवका आयोजना हुन् । यी आयोजनामा दातृ निकायसहित करिब ७४ अर्ब लगानी हुँदै छ ।

पाँच आयोजनामध्ये सबैभन्दा पहिला भैरहवाको गौतमबुद्ध विमानस्थलको काम सकिने आयोजनाले जनाएको छ । आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भइसकेको र आगामी १० महिनामा सबै काम सकिने आयोजना प्रमुख ओम शर्माले बताए ।

‘सिमेन्टको काम २० प्रतिशत मात्रै बाँकी हो, अन्य काम छोटो समयमा पनि धेरै सकिने भएकाले आगामी १० महिनाभित्र विमानस्थल सञ्चालनमा आउनेछ’, उनले भने । गौतमबुद्ध विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पनि ठूलो भएकाले महŒवपूर्ण आयोजना मानिएको छ । विमानस्थलको रनवे कालापत्रे गर्नेबाहेक अन्य केही पूर्वाधार अन्तिम चरणमा पुगेका छन् ।

विमानस्थल विस्तारका क्रममा ९ अर्ब मुआब्जासमेत वितरण गरिसकिएको छ । थप ५ अर्ब बजेट निकासा भए सबै प्रक्रियाको टुंगो लाग्ने शर्माले जानकारी दिए । विमानस्थल सञ्चालनमा आउन निकै कम समय भए पनि सञ्चालनको मोडालिटी भने तय भइसकेको छैन । यो विमानस्थल निर्माणपछि पर्यटक आवागमन १० गुणाले वृद्धि हुने अनुमान गरिएको छ ।

विमानस्थल हुँदै आउने पर्यटकको प्रमुख गन्तव्य लुम्बिनी गुरुयोजनाको काम भने ७५ प्रतिशत सकिएको छ । विकास कोषका योजना प्रमुख सरोज भट्टराईले दुई वर्षभित्र गुरुयोजनाको काम सकिने प्रदेश सरकारलाई जानकारी गराए ।

मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीमा गुरुयोजना निर्माण मात्रै नभई पर्यटकको बसाइ लम्बाउने योजना बनाउन आवश्यक रहेको बताए । ‘प्रदेश ५ को समृद्धिको आधार पर्यटन हो, विमानस्थलको काम सकिएपछि आउने पर्यटकलाई बसाउने आधार लुम्बिनीमा हुनुपर्छ’, उनले भने । लुम्बिनीसँगै तिलौराकोट, रामग्राम र देवदहसमेत चिनाउन आवश्यक रहेको उनले बताए ।

प्रदेश ५ का अन्य तीन गौरवका आयोजना सिँचाइ हुन् । बबई सिँचाइ आयोजनाको काम ५८ प्रतिशत सकिएको निर्देशक कुञ्जनभक्त श्रेष्ठले जानकारी गराए । करिब सवा १२ अर्बको यो आयोजनाको ४३ किलोमिटर नहरमध्ये २० किलोमिटर सकिएको छ । ०७८ मा यो आयोजना सक्नुपर्ने समयसीमा छ ।

बाँकेको ४३ हजार हेक्टर भूमि सिँचाइ गर्ने आयोजना दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रवीण श्रेष्ठले ५७ प्रतिशत काम सकिएको जानकारी दिए । आयोजना सम्पन्न नहुँदै नहर भत्किन सुरु भएपछि अहिले छानबिन समितिसमेत बनेको छ । श्रेष्ठले माटोको रासायनिक परीक्षण नगरेकाले अहिले समस्या निम्तिएको बताए । यो २५ अर्ब २ करोडको आयोजना हो ।

भेरी बबई डाभर्सनको काम तीन वर्षमा सकिने इन्जिनियर प्रकाश पुठासैनीले जानकारी गराए । ०६९ सालबाट सुरु यो आयोजना तीन वर्षमा सकिने बताइएको छ । यो नहरको १२ किलोमिटरमध्ये करिब ७ किमि मात्रै तयार भएको छ ।

मुख्यमन्त्री पोखरेलले सबै आयोजना सामाजिक महŒवका रहेकाले समयमै सक्नुपर्ने दायित्व रहेको बताए । प्रदेश सरकारले आयोजना निर्माणमा ढिलाइ हुने भए सघाउनेसमेत प्रतिबद्धता जनाए ।

प्रदेश सरकारले प्रदेशभित्रका आयोजनको समयमै सम्पन्न र गुणस्तरीयताको विषयमा निगरानी राख्ने मुख्यमन्त्रीले जनाएका छन् । आयोजना प्रमुखहरूले स्थानीय तहका कतिपय जनप्रतिनिधि आयोजनाविरुद्ध उभिएको भन्दै गुनासो गरेका थिए । समीक्षामा प्रदेश सरकारका सबै मन्त्री, सचिव र योजना आयोगका प्रमुखको सहभागिता रहेको थियो ।

०००

गौरवका आयोजनाको छलफलका सहभागी । अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.