महाकाली अस्पताल आफैं बिरामी

महाकाली अस्पताल आफैं बिरामी

महेन्द्रनगर : झट्ट हेर्दा निकै सुविधा सम्पन्न देखिन्छ महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल । भौतिक संरचना पर्याप्त छन् । केही संरचना निर्माणाधिन अवस्थामा छन् । हेर्दा लाग्छ पक्यै पनि अस्पतालबाट विशेषज्ञ सेवा उपलब्ध हुन्छ । तर बाहिरबाट हेर्दा सुविधा सम्पन्न लाग्ने अस्पताल पूर्वाधारमा अब्बल रहे पनि भित्र निकै दुरावस्थायुक्त छ । वर्षौदेखि अस्पतालमा चिकित्सक दरबन्दी अभाव छ भने आवश्यक उपकरण, बिरामीका लागि राखिएका शड्ढया फाटेर खण्डहर भइसकेका छन् ।

सरसफाइमा पनि अस्पताल कमजोर नै छ । अस्पतालको शौचालयको अवस्था दयनीय छ । अस्पतालको शौचालयमा पस्न सकिदैन । बाहिरी सरसफाइको अवस्था पनि त्यस्तै छ । बिरामी राखिने बेडको नजिकै शौचालय छ ।

‘बिहान सरसफाई गर्ने कर्मचारीले फरि फर्केर आउँदैनन्’, बिरामीका एकजना कुरुवाले भने, ‘वर्षौदेखि यस्तै अवस्था छ तर अस्पताल प्रशासनको भने ध्यान जान सकेको छैन ।’

अहिलेसम्म अस्पतालका शड्ढयामा राखिएका मेट्रस फेरिएका छैनन । कुनै पनि शड्ढयामा अस्पतालमा हुने हरियो चादर पनि राखिएको छैन । कतिपय बेड टुटेको अवस्था छन् ।

‘दुर्गन्धले बिरामी पनि बस्न नसक्ने अवस्था छैन’, छोराको उपचारका लागि महाकाली अञ्चल अस्पतल आएका वासुदेव पन्तले भने । ‘विशेषज्ञ सेवा पो डाक्टरले दिने हुन्, सरसफाई पनि किन नहुँदो हो’, उनले प्रतिप्रश्न गरे । उनले अस्पतालको जुनसुकै स्थानमा खुला शौच गरेपनि किन गरिस् भन्ने कोही नभएको गुनासो गरे ।

अस्पतालका वार्ड र बाहिरी क्षेत्रमा फोहोरको डंगुर थुप्रिएको छ । पर्खालमा उम्रेको झारले वार्डमा लामुखुट्टेले बसि नसक्नु हुन्छ । कुरुवा र बिरामी झुल बिना राति सुत्न सक्दैनन् ।

‘बिरामीका लागि सरसफाई महत्वपूर्ण पाटो हो, त्यसतर्फ अस्पतालले ध्यान दिनुपर्छ’, भीनपा ४ बजारका बलदेब पनेरुले भने ।

स्थापनाकाल देखिका बिरामी राख्ने बेड मर्मतसम्भार नभएको कर्मचारी बताउँछन् । ‘हामीले अस्पताल प्रशासनलाई पटक पटक आग्रह गर्दै आएका छौं, बेड मर्मत गर्नुपर्ने भएका छन्’, अस्पतालका मेडिकल वार्डका एक कर्मचारीले भने ।

नागरिक सरोकार समूहका सदस्य करण पाल भने अस्पतालको अवस्था सुधार्नेतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताउँछन् । ‘नागरिक सरोकार समूहले अस्पतालको शौैचालय मर्मत र सरसफाई कार्यक्रम गरी सुधार अभियान थालेको छ’, उनले भने ।

अस्पतालका निमित्त मेसु डा.हरिकुमार श्रेष्ठले न्यून बजेट आउने र त्यसले एकैचोटी मर्मत सम्भार गर्न असहज हुने गरेको बताए । उनले गतवर्ष आएको मर्मतको बजेटबाट केही मर्मत गरिए पनि पर्याप्त नभएको जनाए । अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक पदपूर्तिका लागि पटकपटक सरकारसँग माग गर्दा समेत सुनुवाई नभएको मेसुको गुनासो छ ।

प्राथमिक स्वास्थ्य केन्द्रबाट सुरु भएको महाकाली अञ्चल अस्पताल २०४३ सालमा अञ्चल अस्पतालका रूपमा स्वीकृत पाएको थियो ।

अञ्चल अस्पताल बनिसकेपछि स्वीकृत दरबन्दी अहिलेसम्म पुरा हुन सकेको छैन । चिकित्सक दरबन्दी १८ जना रहे पनि सरकारले दरबन्दी पूर्ति गर्न नसके पनि दरबन्दी संख्या बढाएर २८ पु¥याइएको छ । हाल दरबन्दीमा ४ जना मात्रै चिकित्सक कार्यरत छन् ।

०००

महाकाली अञ्चल अस्पतालमा च्यातिका शड्ढया । बिष्णुप्रसाद देवकोटा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.