पहिरोले घर भत्किदा श्रीमतीको मृत्यु, श्रीमान शक्त घाइते
बाजुरा : शुक्रबार राति परेको अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले घर भत्किदा बाजुराकोे बुढीगंगा नगरपालिका १ कुडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया कला परी रहेकी छन् । शुक्रबार राति परेको अबिरल बर्षा सँगै आएको पहिरोले उनका श्रीमान नन्दे परि शक्त घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
पहिरोले सो गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ । त्यस्तै जिल्लामा निरन्तर वर्षा सँगै आएको बाढी पहिरोका कारण सदरमुकाम सम्मको साँफे मार्तडीसडक खण्ड अन्तरगत ताँप्री सेरा देखि मार्तडीसम्मको १८ किलोमिटर सडक पुर्णरुपमा अबरुद्ध भएको छ ।