पौडी खेल्दा झापामा एकको मृत्यु
बिर्तामोड : गर्मी छल्न कनकाइमाई नदीमा पौडी खेल्न गएका झापाका एक युवकको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब साढे १ बजे पौडी खेल्ने क्रममा नदीले बगाउँदा घाइते भएका कनकाई नगरपालिका १ का २५ वर्षीय आशिष पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो।
पौडी खेल्ने क्रममा पोखरेललाई खोलाले बगाइरहेको अवस्थामा उनका साथीले निकालेर सुरुङ्गास्थित मेरिगोल्ड अस्पतालमा पुर्याएका थिए। उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।
उनी चारजना साथीसँगै पौडी खेल्न कनकाइमाई पुगेका थिए।
प्रतिक्रिया दिनुहोस !
१